Breaking

प्रश्तावित १६ राजदुतको नाम समितिबाट पारित, भट्टराईको नाम परेन


काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रश्तावित राजदुतमध्ये १६ जनाको नाम पारित गरेको छ ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रश्तावित १७ राजदुतमध्ये १६ जना राजदुतको नाम समितिबाट बहुमतले पारित गरेको हो । बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदुतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताइन् ।

समितिमा छलफल गरी १६ देशका राजदुत बहुमतले पारित गरेको र श्रीलंकाका लागि प्रश्तावित राजदुत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताइन् ।


समावेशिता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताइन् ।