Breaking

सुगर ड्याडीको अर्को अपराध, प्रहरी नै हैरान


आफूलाई ‘सुगर ड्याडी’ बताउने काठमाडौं बुढानिलकण्ठका आशिष देउला समूहबाट क्रुर यातना भोगेका पीडितहरु धमाधम प्रहरीको सम्पर्कमा पुगिरहेका छन् । पछिल्लो दुई दिन धादिङ र पोखराका युवायुवतीसहित तीन पीडित प्रहरीको सम्पर्कमा आएका छन् । पक्राउ परेका देउलासहित चार जनाविरुद्ध पनि अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चल्ने भएको छ ।

धुम्रपान, मद्यपान नगर्ने, माछा–मासु नखाने शुद्ध साकाहारी मानिस भन्नासाथ तपाईं हाम्रो मनस्पटलमा स्वभाविक पनि एक शान्त योगी वा भिक्षुको तस्वीर आउँछ । तर, यस्तो घटना जसले तपाईंको त्यो कल्पना भंगमात्रै गर्ने छैन । मथिंगल हल्लाइदिनेछ । साकाहारी हुँदैमा र मदिरा सेवन नगर्दैमा कोही पवित्र योगी हुँदैन भन्ने पुष्टि आफूलाई सुगर ड्याडी बताउने आशिष देउलाका कुकर्मले गरेका छन् ।

बाहिरी आवरणमा उनी शान्त शुशील देखिने यीनले अपराधको सारा हद नाघेका छन् । केही समयअघि मात्रै देउलाले युवायुवातीलाई क्रुर यातना दिएर आफूले मजा लिने गरेका तथ्य बाहिरिएका थिए । सामान्य मानिसको कल्पनाभन्दा बाहिरको घटना हाम्रै समाजमा घटित हुनुले समाज कुन हदसम्म निकृष्ट भइरहेको रहेछ तथ्य प्रहरीलाई समेत चक्मा खुवाउनेगरी देउला समुहको त्रासदीले उजागर गरेको छ ।

देउलाको समूह शरिरमै स्त्री मेसिनले डाम्नेदेखि, संवेदनशील अंगमा ड्रिल मेसिन चलाउनेसम्मका हर पार पर्दा पनि नथाकेर शरिरका अंग नै झिकेकोसम्मका तथ्य उजागर हुन थालेका छन् । सुरुसुरुमा देउलाको यो कुकर्मविरुद्ध बोल्नै डराएका पीडित र उनका परिवारका सदस्यहरु विस्तारै प्रहरी र मिडियामा खुल्न थालेका छन् । गत आइतवारधादिङकाएक युवा र सोमवार पोखरीकी अर्की एक युवती प्रहरीको सम्पर्कमा पुगेकी छिन् ।

उनीहरुलाई पनि देउलाको समुहले शरिरका विभिन्न भागहरुमा फलामले डामेको तीखो हतियारले खोपेको,मलद्वारमा लट्ठी घुसाएको, खुट्टाका नङ झिकेर यातना दिएको बयान प्रहरीलाई दिएका छन ।देउलाको समुहले प्रहरी वा कसैलाई यसबारे भने परिवार नै सखाप पार्नेसम्मको धम्की दिएकाले प्रहरीसम्म आउने हिम्मत नजुटेको उनीहरुले बयान दिएका छन् ।

तर देउला यो सब किन गरिरहेको छ ?अर्कालाई पीडा दिएर कोही कसरी हास्न सक्छ ? गम्भीर प्रश्न छ । के आशिषदेउला मानसिक रोगी हुन? यही प्रश्न धेरैको मनमा उब्जिएको छ । देउलाको यस्तो अस्वभाविक हर्कतका पछाडी मानसिक रोगमात्र नभई उनी स्याडीस्ट स्वभाव अन्तर्गतकोमानिस समुह भित्र पर्ने अध्ययनले देखाउँछ । स्याडीस्ट स्वभावका मानिसहरु अरु तनाव÷पीडामा तड्पीएको हेरेर आनन्द लिने स्वभावका हुने मनो चिकित्सकहरु बताउँछन् ।

अरुले लागूऔषध र मदिरा सेवन गरेर नसा लिएझैँ स्याडीस्ट स्वभावका मानिसहरु अरुको पीडामा नसा लिने बानी हन्छ । देउला यो स्वभावको पराकाष्ठामा पुगे पनि नेपाली समाज नै स्याडिस्ड स्वभावमा बदलिरहेकोमा चिन्ता व्यक्त गरिन्छ । सामाजिक सञ्जालमा झै–झगडा, विभत्स हत्या, दुर्घटना र अरु पीडामा धेरै रोकएका भिडियो धेरै हेरिन्छन् । यस्ले पनि मानिसमा दया,माया, करुणाा विस्तारै हराउदै गएको देखिन्छ ।

देउलाको क्रुरताले सुगर ड्याडी शब्द पनि चर्चामा आएको छ । देउलाले इन्स्टाग्राम र टिकटकमा बुढो नकाव लगाएको तस्विर सहितको प्रोफाइल छ । यसैबाट उनी सुुगर ड्याडीका नामले चिनिए । देउलादिनमा व्यवसायी भए पनि रातको समय र सामाजिक सञ्जालमा भने बुढो सुगर ड्याडीको जिवन जिउने गरेको देखिन्छ । देउलाले आफुलाई मान्ने गरेको सुगर ड्याडी पश्चिमा देशहरुमा व्यापक देखिन्छ । पश्चिमा देशहरुमा युवायुवती वयस्क भइसकेपछि आफ्नो जिम्मेवारी आफैँ लिने प्रचलन छ । जसअनुसार युवतीहरु काका वा बुबा समानका पुरुष, जसले आफ्नो सबै आर्थिक आवश्यकता परिपूर्ती गर्छन्। उसैसँग समय विताउँछन् । देउला समुहवाट कोही पीडित भएसम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

यो नौलो घटनाको अनुसन्धान गरिरहेको प्रहरी नै चकित रहेका समय बुढानीलकण्ठस्थितदेउलाको परिवारका सदस्यहरु समेत यो अपराधबारे जानकार छैनन् । प्रहरीले सोधपुछ गर्दा उनीहरुले आफू दिनभर काममा व्यस्त हुने र देउला पनि आफ्नो काममा हुने भएकाले यसबारे कुनै जानकारी नभएकोे बताएका छन् ।देउला पछिल्लो समय प्रि–फ्याब सम्बन्धी काम गर्ने गर्थे भने उनको बूढानीलकण्ठमा हार्डवेयरको पसल समेत रहेको पाइएको छ ।

क्रुर अपराधमा पक्राउ परेका चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा चल्ने भएको छ । जसमा ३३ वर्षिय आशिष देउला,टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङ रहेका छन् ।

उनिहरुमाथि नेपालको संविधान अनुसार अपहरण र शरिर बन्धक सम्वन्धि कसुरमा ५ देखि १० वर्ष सम्म कैद र जरिवाना हुन सक्ने देखिन्छ भने अपहरणको क्रममा व्यक्ति गम्भिर घाइते भएमा १० देखि १५ वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।