Breaking

सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएकाछन् ।

आज काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रश्ताव अघि बढाइएको बताए ।

शिक्षा ऐन दशैँ तिहार लगत्तै शुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको उनको भनाई छ । सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए ।

उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए ।
०००