मनोरञ्जन

महिलाहरुको कथा समेटीएको बृत्त चित्र’द अनसाइलेन्स’ नेपालमा प्रदर्शन हुने


काठमाडौँ -अगामी अक्टोबर ६ मा फरक क्षेत्रका चार जना महिलाहरुको कथा समेटीएको बृत्त चित्र ‘द अनसाइलेन्स’ नेपालमा प्रदर्शन हुने भएको छ ।

दर्जन बढी अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको ‘द अनसाइलेन्स’ बृत्त चित्र सुन्धारा स्थित सिडिसी सिनेमाजमा अगामी अक्टोबर ६ अर्थात असोज २० गते प्रदर्शन गर्न लागेको निर्माण टिमले जनाएको छ । वेन फिल्मस प्रालीको प्रस्तुतीमा बनेको ‘द अनसाइलेन्स’ बृत्त चित्र टोसीत घतानेले निर्देशन गरेका हुन भने प्रमोद लामीछाने निर्माता र सागर ढकाल सहनिर्माता हुन ।

१ घण्टा नौ मिनेट समयअवधीको द अनसाइलेन्स बृत्त चित्रमा राधा ,माया र सुन्दरी र सुकुन रियल पात्रको जिवन कथालाई प्रस्तुत गरीएको वेन फिल्मस्ले जनाएको छ । बाल विवाह पछि घरेलु हिंसा भोगेकी राधा, कुवेतमा पुगेर मानव बेचबिखानको पन्जाबाट उम्कीएर नेपालमा उद्यमी बनेकी माया ,शारीरीक रुपमा होची सुन्दरी नेपाली समाजले बनाएको तल्लो जात भनेर हेपीएकी सुकुनको जिवन कहानी बृत्त चित्रमा रियल पात्र राखेर बनाईएको निर्देशक टोसीत घतानीले बताए ।

बिदेशका धेरै ठाउमा प्रदर्शन गरेर अवार्ड जितेपनि नेपालमा सचेतनाका लागि बृत्त चित्र देखाउन लागिएको निर्माण मिको भनाई छ । यस अघि युरोप, युके ,जापान लगायतका बिभिन्न फेस्टीभलमा सहभागिता जनाएर अवार्ड जितेको ‘द अनसाइलेन्स ‘बृत्त चित्र अमेरीका अष्ट्रेलीयमा पनि प्रदर्शन मिति तय भैसकेको निर्माण टिमले जनाएको छ ।