काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रोपटक विश्वासको मत लिंदैछन् । विश्वासको मत प्रयोजनका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी समर्थनमा २७ वैशाखमा तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए ।
नयाँ राजनीतिक समीकरण बनेपछि ११ साउनमा सरकार छाडेको माओवादी केन्द्रले १४ भदौमा समर्थन फिताी लएपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेश सभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक कांग्रेसका २९ सांसद छन् ।
प्रदेश सभामा १३ सांसद रहेको माओवादी केन्द्र, ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।
प्रतिक्रिया