काठमाडौँ – सोह्र श्राद्ध आजदेखि शुरु भएको छ ।
पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहेको थियो भने, त्यसपछि प्रतिपदा तिथि सुरु भएको छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा लिन्छन ।
यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन औँसीमा श्राद्ध गर्ने परम्परा छ ।
प्रतिक्रिया