Uncategorized

आज राष्ट्रिय शिक्षा दिवस मनाइदै


काठमाडौँ – ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ सरकारले आज राष्ट्रिय शिक्षा दिवस मनाउँदै छ ।

तर, अहिले पनि दुई लाख भन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांक छ । औसतमा आधारभूत तहमा करिब ३ प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेका छन् ।

सरकारले शिक्षा दिवस भव्यताका साथ मनाउदै आएपनि शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई उचित शिक्षा प्रदान गर्न खास ध्यान दिएको पाइँदैन। संविधानमा आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था भए पनि कार्यान्वयनमा आउन सकेको छैन । प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरूले अनिवार्य र निःशुल्क शिक्षाको भाषण भने गर्दै आएका छन् ।