Breaking

संसदमा प्रधानमन्त्री: हिंसा शव्दमा माओवादीलाई प्रश्न, मान्छे मार्नु के हो ? (भिडियो)


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा रानामगरको विषय अनावश्यक उचालिएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले कतै उठ्दै नउठेको विषयमा अनावश्यक टिप्पणी भएको बताएका हुन् । साथै, अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्नेगरी कुनैपनि काम नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्नेगरी कुनै काम नगर्ने बताए ।

फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उनले बताए ।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी दिएका छन् । महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदैछन् ।