Breaking

मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ: नेकपा एमाले


काठमाडौं । नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

प्रतिनिधि सभामा सुन्य समयमा वोल्दै उनले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिएको भन्दै चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।

‘संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्छु’, ढकालले भने ।