Breaking

माओवादी जनयुद्धलाई अपमानित गर्नेकुरा सैह्य हुन्नः शक्तिबहादुर बस्नेत


नेकपा (माओवादी केन्द्र) ले माओवादी जनयुद्धलाई अपमानित गर्ने र अवमूल्ययन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीमा उपमहासचिव शक्तिबहादुर बस्नेतले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्दै विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको समेत बताए । उनले सो सम्बन्ध स्पष्ट पार्न पनि सम्बन्धित दलसँग माग गरे ।

उपमहासचिव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्नसंयुक्त राष्ट्र संघको महासभाको भ्रमण, महत्वपूर्ण विधेयकहरुलाई संसदबाट अन्तिम टुंगोमा पु¥याउनुपर्ने स्थिति, जनसरोकारका मुद्दाहरुमा छलफल गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखि आफ्नो दलले संसद सुचारु गराउने निर्णय लिएको पनि जानकारी गराएकाछन् ।

उपमहासचिव बस्नेतले माओवादी जनयुद्धलाई अपमानित गर्ने कुरालाई सहन गरेर बस्ने नसकिने पनि दोहो¥याए ।