काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।
विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् ।
यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।
सभापतिमा निर्वाचित भएपछि समिति सभापति शर्माले कानून निर्माणका हिसावले धेरै राम्रो भएको र प्रत्यायोजित विधायनलाई नियन्त्रित गरेको बताए । उनले समितिले सरकारलाई समितिको तर्फबाट दिइएका काम कारबाहीको कार्यान्वयन गर्न दबाब दिने काममा समिति सफल भएको बताए ।
यस्तै, सभापति दाहालले निर्वाचित भएसँगै उहाँले सो क्रममा उहाँले सभापति निर्वाचन नियमित प्रक्रिया भएको बताइन् । उनले अहिले समितिसँग तीन वटा विधेयक रहेको र यसलाई थप परिस्कृत बनाउने गरी अघि बढ्ने बताइन् ।
प्रतिक्रिया