देश

ओलीको इलाकामा प्रचण्डको ‘मार्च पास’, गिरीबन्धुमा धावा बोले, आरजुलाई भुटानीको ट्याग


काठमाडौँ— उपसभामुखको विषयमा सत्ता गठबन्धनले घेराबन्दी बढाएपछि रक्षात्मक देखिएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि आक्रामक सुनिन थालेका छन् ।जहाँ विपक्षी एक हुनसक्ने एजेण्डा र कांग्रेसको मौनता उनको शक्तिका रुपमा हेरिँदा के–ले उनलाई उचालिरहेको छ त ?

उपसभामुखलाई राजीनामा गर्न सत्तारुढ दलले दवाव बढाएपछि रक्षात्मक देखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि आक्रामक बनेका छन् । योबीचमा सत्तारुढ दलसँगै मिलेर भागबन्डा मिलाउने रणनीति लिएका उनी उपसभामुख इन्दिरा रानामगर बलियो बनेपछि हौसिएका हुन् । रानामगरको अडानकै कारण सत्तारुढ दल पेलिएको छ भने आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन प्रचण्ड बोक्नु काँग्रेसका लागि एकमात्र विकल्प बन्दैछ ।

जहाँ संवैधानिकपरिषद्मा शून्य उपस्थिति रहेको कांग्रेस त अहिले बैठकमा भएका छलफलसमेत प्रचण्डकै मुखबाट सुन्नुपर्ने अवस्थामा छ । फलतः बलियो बनेका प्रचण्डमा सरकारमाथिको प्रहारमा ठूलो पार्टी कांग्रेसको मौनताले अझ आत्मविश्वास बढेको देखिन्छ । त्यस्तै पारलगाउन पनि नसक्ने उपसभामुख काण्डकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी झस्किएको छ भने यसले माओवादी रास्वपा एकचोटि एकै ठाँउमा उभिएका छन् । प्रचण्डको शक्ति बढ्दा योबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो सम्बन्ध नरहेका उपेन्द्र यादव,भाग मिले मात्रै सहयोग गर्ने जनमतको बोली र अनिर्णित लोसपाको अवस्थाले सुनमा सुगन्ध थपिरहेका छन् । त्यस्तै काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह,कुलमान घिसिङसँग खेलेको सिघौँरीले नागरिकसमेत सरकारको आलोचनामा उत्रिएको अवस्था छ । यसलेसमेत मसला मिल्दा गिरीबन्धु टि इस्टेट प्रकरणलाई समेत अब उचाल्ने बाटो प्रचण्डले लिएका छन् । जसको सँकेत टी ईस्टेटको जग्गामा मर्निङवाक नै गरेका उनले स्थानीयको ज्ञापनपत्रसमेत बुझे । जहाँ नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बूढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको भन्दै नागरिक उचालेका उनले जीवनको उत्तरार्धमा अझ जोश आउन थालेकोसमेत भन्न भ्याए ।

यता माओवादी नेताहरु सत्ता फिर्तीको सपना देख्न थालिसकेका छन् भने यो गठबन्धन नटिक्ने भाष्य निर्माण गरिरहेका छन् । जसलाई प्रचण्डको आत्मविश्वासले पुष्टि गर्दा उनी कति कम्फर्टेबल महसुस गर्न थालिसकेका छन् भने हिंसा शब्दको निर्थक बहसमै संसद अवरुद्ध गरिरहेका छन् । योगेश भट्टराईले संसदमा बोलेको ‘माओवादी हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म संसदको अवरोध कायम राख्ने अडान राखेपछि आइतबारको बैठक स्थगित गरिएको छ । जहाँ प्रधानमन्त्री ओलीले असोज ४ मा गर्ने अमेरिका भ्रमणको एजेण्डा प्रस्तुत गर्न असोज ३१ गते संसदमा सम्बोधन गर्ने कार्यक्रमतय भएको छ । यही बाध्यताका कारण आफू जित नजिक रहेको बुझाइमा रहेका प्रचण्ड, सरकारलाई एक कदम पछि पार्न पाए माओवादीको हैसियत प्रमाणित हुने आशामा देखिन्छन् । त्यस्तै कांग्रेसले नै उठाएको सहकारी ठगीको एजेण्डामा कांग्रेसकै नेता जोडिन थालेको विषयले समेत प्रचण्डलाई राहत दिएको छ । अर्थात फकाउँदासमेत कांग्रेस भाडिए यी मुद्दालाई उचालेर आफूले उठाँउदै आएको सुशासनको विषयसँग यसलाई जोड्ने फाइदामा उनी छन् । त्यस्तै ठूला दल मिलेर सानालाई पेल्न थालेको अर्को भाष्यसमेत उनलाई त्राण दिने माध्यम बन्दा प्रचण्डलाई आँट दिने गरीकांग्रेसकै नेताहरु पनि विपक्षीमाथिको प्रहार कम गराउनु आफ्नो कर्तव्य भएको बताउँछन् ।

योबीचमाउपसभामुख प्रकरणमा रविसँग मिलेर कांग्रेस एमालेको दुई तिहाइको वास्तविकता मात्रै उनले देखाएनन् । बरु यही अवस्थामा संविधान संशोधन कसरी हुन्छ भन्ने प्रश्न उब्जाइ दिए । जसले माओवादीलाई बेवास्ता गर्न नसकिने प्रमाणित गरेका प्रचण्ड आफ्नो शक्ति र हैसियत बारे भने अनविज्ञ छैनन् । विगतमा गठबन्धन नभएको भए तेस्रो शक्ति हुन नसक्नेमा पक्का रहेका उनी अस्थिर अंकगणितकै कारण आफू खेल्न पाइरहेको बारे उनी अनजान छैनन् । यही कारण मौका पर्दा आक्रामक र सकसमा पर्दा रक्षात्मक देखिने उनी यो सरकार निर्माणमा भएको गठबन्धनको औचित्य पुष्टि हुन दिन नहुने रणनीतिमा देखिन्छन् ।