काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आइतबारका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
आफ्ना विषयमा सहमति नभएसम्म वैठक अवरोध जारी राख्ने माओवादीको चेतावनी रहेको छ ।
बैठक सोमबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया