काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संसद अवरोध जारी राख्ने भएको छ ।
आईतवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलमा पनि बैठक निस्कर्षमा पुग्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु छलफलकै क्रममा रहेको र पार्टीको संसदीय दलको बैठकमा सभामुखसँग भएको छलफलबारे कुरा राख्ने बताए । उनले संसदमा भदौ १२ गते नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले बोल्नुभएको हिंसा शब्दमा मात्रै नभइ मग्र जनयुद्धको भावमा प्रहार भएको आरोप लगाए ।
प्रमुख सचेतक पाण्डेले आफूहरु अहिले छलफलकै क्रममा रहेको बताए ।


प्रतिक्रिया