Breaking

धुम मच्चाउदै ‘साम्बाला’, नेपाली मौलिकताले विश्वको ध्यान खिच्यो


मीनबहादुर भाम निर्देशित चलचित्र ‘साम्बाला’यतिवेला चर्चाको शिखरमा छ । अस्कर अवार्डका लागि नेपालको प्रतिनिधित्व गर्ने यो चलचित्रले उत्साहजक प्रतिक्रिया पाईरहेको छ । जहाँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको सहभागीले समेत चासोमा रहेको साम्बालाले हललहरुको समेत राम्रो साथ पाएको छ ।

चलचित्र निर्माणमा भिन्नै र मौलिक छवी बनाएका मिनबहादुर भाम निर्देशित चलचित्र साम्बाला चर्चाको शिखरमा छ । निर्देशक भाम र अविनाशविक्रम शाह मिलेर लेखेको यो चलचित्रले दर्शक समिक्षबाट समेत सकारात्मक प्रतिक्रिया पाईरहेको छ । चलचित्रका निर्देशक भाम बासुली र कालोपोथी भेनिस फिल्म फेस्टिभलमा चर्चा कमाएर घरेलु दर्शकमाझ लोकप्रिय व्यक्ति हुन् । डोल्पाको ४२ सयदेखि ६ हजार मिटरको उचाइमा माइनस २५ डिग्री तापक्रममा खिचिएका दृश्यले समेत चर्चामा रहेको यो चलचित्रले बर्लिनको मुख्य विधा छनोट भएपछि थप चर्चा पाएको हो । लोकार्नाे फिल्म फेस्टिभलमा यो फिल्मका लागि अभिनेत्री थिन्ले ल्हामोले अवार्ड जितेकी थिइन् ।

उनले लोकार्नाे फिल्म फेस्टिभलमा दक्षिण एसियाली कलाकारले पहिलोपटक प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितेकी थिइन् । यो बाहेक मीन भामको चलचित्र ‘साम्बाला’ले आगामी ओस्कारका लागि नेपालबाट प्रतिनिधित्व गर्ने छ । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९७ औं संस्करणका लागि नेपालबाट साम्बालाले प्रतिनिधित्व गर्ने भएको हो ।

चर्चाका दृष्टिले हेर्ने हो भने यो चलचित्रको प्रिमियरमा दुई भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नै उपस्थित भएका थिए । यहि चर्चाका कारण हलहरुलमा समेत ठूलो शो पाएको साम्बालालाई क्युएफएक्स एक्लैले पहिलो दिनका लागि ४७ शो दिएको थियो । जसले उत्साहित देखिएका भामले विगतमा कालोपोथीले भोगेको दुख यस फिल्मले भोग्न नपरेको बताए ।

कालो पोथीको सफलताको झण्डै ८ वर्षपछि निर्देशक मीन भावले साम्बाला निर्देशन गरेका हुन् । जसमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ ।
यसले एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर जीवनी प्रस्तुत गरिएको छ । हराएको श्रीमान् खोज्न देवरलाई सँगै लिएर निस्किने क्रममा गर्ने यात्रा र यात्राका क्रममा उनीहरू दुईको जीवनमा आउने परिवर्तन चलचित्रको मुख्य कथा हो । यसमा सांसारिक खोजको रूपमा शुरु भएको यो यात्रा कसरी आत्मज्ञान र मुक्तिको बाटोमा रूपान्तरण हुन्छ भन्ने देखाउन भामले मेहनत गरेका छन् । अर्थात फिल्मले बुद्ध दर्शन र पुनःजन्मको मान्यतालाई गहिरोसँग बोकेको छ । फिल्ममा मौलिकता नहराओस् भनेर सचेत देखिएका भामको यो चलचित्रमा अधिकांश संवाद स्थानीय तिब्बती भाषामा छन् । त्यसलाई अंग्रेजी र नेपालीमा सब–टाइटेलिङ गरिएको छ । आफ्नो विशेषता नै हिमाली कथालाई बनाएका उनले साम्बाला मार्फत नेपाली चलचित्रलाई पुन एकचोटि अन्तराष्ट्रिय बजारमा जानसक्ने हैसियतमा ल्याईदिएका हुन् ।

यता साम्बालाले ९७ औं ’ओस्कार’का नेपाली चलचित्र ’साम्बाला’ले प्रतिनिधित्व समेत गर्ने भएको छ । अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस–एन्जलसमा आयोजना यो अवार्डमा उसले गर्ने प्रदर्शन फरक कुरा भएपनि चर्चाकाबीच यसलाई अर्को सफलताकै रुपमा हेरिएको छ । पछिलो समय फिल्म चलाउन रोनाधोना गर्ने कलाकारका लागि साम्बाला एउटा उदाहरणीय विम्ब बन्दैछ । नेपालीले दर्शकले मसेत मौलिकता बोकका कथा र पात्रहरुलाई मन पराउन थालेकाछन् ।