खेलकुद

नेपाल प्रिमियर लिगका मार्की प्लेयरले २० लाख रुपैयाँ पाउने


काठमाडौँ— नेपाल प्रिमियर लिग (एनपीएल) का मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने यो फ्रेन्चाइज लिगका लागि शुक्रबार मार्की प्लेयर घोषणा गरेको थियो । आज गोला प्रथाबाट उनीहरुको टिम छनोट गरिएको छ ।

आज गरिएको घोषणा अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

अरु खेलाडी छनोटका लागि भने दशै‌अघि नै बोलकबोल हुनेछ । एनपीएलका हरेक टिमले १६ जना खेलाडी राख्न पाउनेछन् । त्यसमा ४ जना विदेशी खेलाडी राख्न पाउनेछन् ।