Breaking

३१ गते बजेट ल्याउँछौं : मुख्यमन्त्री शाह


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौं ३१ गते बजेट ल्याउने बताएका छन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन् ।

तत्कालीन सरकारले गत असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमा सामान्य पुनरावलोकन गरेर चालु वर्षको बजेट ल्याउने उनले बताए ।