Breaking

संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकियो, अर्को बैठक ३१ भदौमा


काठमाडौँ— संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ । बैठक स्रोतका अनुसार आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । ‘प्रधानन्यायाधीश बाहेक अरु सिफारिसमा छलफल भएन, त्यसैमा केन्द्रीत भयो । तर आज कोही पनि सिफारिस हुनु भएन’, स्रोतले जानकारी दियो ।