काठमाडौँ — यस वर्षको दसैँ तिहारका लागि सरकारले सहुलियतपूर्ण पसल खोल्ने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज पहिलो साता सहुलियत पसल खोल्ने बताएको छ ।
यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सहुलियत पसल खुल्ने भएका छन् । खाद्य कम्पनीका अनुसार, गत वर्ष ४९ वटा यस्ता पसल खुलेका थिए । यस वर्ष ६० भन्दा बढी पसल खोल्ने तयारी गरिएको छ ।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले भनिन्, “स्थानीय तहसँग सहकार्य भयो भने यस वर्ष ६० भन्दा बढी पसल खोल्ने गरी तयारी भइरहेको छ ।” यस्तै, यस खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष करिब १,८०० वटा खसीबोका तथा च्यांग्रा भित्र्याउने तयारी गरेको छ । “१५ सय खसी बोका र ३०० च्यांग्रा भित्र्याउने तयारी छ,” उनले भनिन् ।
सूचना अधिकारी सुवेदीका अनुसार, मन्त्रालयको निर्णयपछि यो विषय टुंगो लाग्ने छ ।
प्रतिक्रिया