Breaking

सभा सञ्चालनमा असहयोग गरेको भन्दै संसद् बैठक ३० गतेसम्म स्थगित


काठमाडौँ— प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ । हिंसा असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । त्यसपछि एमाले र माओवादबीच भनाभन भयो ।

सदन सञ्चालनमा अवरोध भएपछि सभामुखले भदौ ३० गते दिनको आइतबार बस्नेगरी बैठक स्थगित गरेका हुन् । सभा सञ्चालनमा अससहयोग गरेको भन्दै सभामुख देवराज घिमिरेले बैठक ३० गतेसम्म स्थगित गरेको जानकारी गराएका थिए ।