Breaking

सुनको मूल्यले दिनदिनै रेकर्ड तोड्दै


काठमाडौँ – सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान बनेको छ।

बुधबार १ हजारले बढेपछि सुनको मूल्यले नयाँ उचाइ लिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। यो हालसम्मकै उच्च हो।

भदौमा सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको छ। ५ गते पहिलोपटक १ लाख ५३ हजार रुपैयाँ पुगेको सुन केही दिन घटेर १२ गते १ लाख ५३ हजार १ सय, १३ गते १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसो केही दिन पुनः सामान्य उतारचढाव गरेर २१ गते १ लाख ५३ हजार ३ सय पुगेको थियो। त्यसपछि आज १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो।

यता चाँदीको मूल्य पनि बुधबार बढेको छ। चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ।

मंगलबार सुन १ लाख ५२ हजार ४ सय र चाँदी १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन २५ सय डलरमाथि पुगेको छ। आज २ हजार ५ सय २० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ भने चाँदी २८.५६ अमेरिकी डलर प्रतिऔँस पुगेको एजेन्सीहरुले उल्लेख गरेका छन्।