Breaking

दुई एजेन्डामा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै


काठमाडौँ – सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।

बैठक बुधबार बिहान ८:३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ। विशेषगरी कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा छ।

त्यस्तै सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने कार्यसूची छ।

सभामुखलाई हटाउने विषयमा सत्ता गठबन्धनको सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका थिए। त्यतिबेला कांग्रेस लगायत सत्ता साझेदार दलहरूले पनि सहमति जनाएका थिए। मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरूले संसदबाटै उपसभामुख रानामगरलाई मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए।

यद्यपि कांग्रेसका सांसदहरूले भने यसबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। ती सबै विषयमा कांग्रेसले पार्टीभित्र साझा धारणा बनाउनका लागि बैठक बोलाएको हो।