Breaking

उपसभामुखलाई पदबाट हटाउने कुरा आयो, यो सत्य हो भने हाम्रो दल तीव्र विरोध गर्दछ : माओवादी


काठमाडौँ— प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने ‘तयारी’को विरोध गरेको छ ।

आज प्रतिनिधिसभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो दलले त्यसको प्रतिवाद गर्ने बताए । “माननीय उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा आएको मिडियामा छ्याछ्याप्ती देखियो । यदि, यो सत्य हो भने हाम्रो दल तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,” उनले भने ।

उनले यस विषयमा स्पष्ट पार्न सरकारसँग माग पनि गरे । माओवादीकै अर्का सांसद हितराज पाण्डेले महाभियोग लगाउने गलत कदम नचाल्न आग्रह गरे । “गलत कदम नचालियोस्, सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने ।