राजनीति

धनराज गुरुङको छानबिन गर्न गगनलाई रास्वपाको चुनौती


सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले आरोपप्रत्यारोपमै समय खर्चिए । बैठकको शून्य र विशेष समयमा समसामयिक विषयलाई लिएर अधिकांशसांसदहरुले सरकारको कामकारबाहीमाथि प्रश्न उठाए ।

सोमबारको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच जुहारीनै चल्यो । साथै प्रमुख दलहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध खनिए ।नदी किनारका थप २० मिटर जग्गा छोड्न सर्वाेच्च अदालतले गरेको फैसलमाथि नै सांसदहरुले आशंका व्यक्त गरे ।सर्वाेच्चले त्रृटिपूर्ण फैसला गरेको भन्दै पुनरावलोकन गर्न सांसदहरुलेमाग गरेका छन् । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाहविरुद्ध सडक संर्घषमा उत्रिएको एमालेले संसदमा समेत चर्को आलोचना ग¥यो ।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई जनताको हितमा कदम चाल्न आग्रह गरे।उनले खोला किनारको जमिन छाड्नुपर्नेबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न कसैसँग सल्लाह नगरी मेयरले निकालेको सूचनाले हलचल मच्चिएको तर्क गरे । यता, नेपाली कांग्रेसले अदालतको फैसलामाथि पुनरावलोकनमा जानुपर्ने माग राखेको छ । कांग्रेस सांसद अर्जुननरसिंह केसीले अदालतको फैसलाले लाखौँ जनताको उठिबास हुने भन्दै फैसला जनहितमा नआएको बताए ।

प्रतिपक्षी सांसदले प्रधानमन्त्री केपी शर्मा ओली देशमा हुकुमी शासनमा हिँडेको आरोप लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहको तयारीका क्रममा गरिएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्ने बताएका छन् ।उनले प्रधानमन्त्रीको अनुपस्थितिले अन्तिम समयमा दीक्षान्त समारोह रोकिएको विषयमा यस्तो आक्रोश पोखेका हुन् ।उनले यो हुकुमी शासन हो? भन्दै प्रश्न गरे ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा नभएको ११ दिन भएको तथा एक हजार ४ सय विद्यार्थी समस्यामा परेको आवाज उठाइन् ।बैठकको आकस्मिक समयमा बोल्दै उनले नेपाल कृषि प्रधान देश भएको र अबका दिनमा यान्त्रीकरणमा जाने भनिरहँदा विश्वविद्यालयमा परीक्षा, पठनपाठन ठप्प भएको भन्दै आक्रोश पोखिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद धवलशमशेर राणाले उपत्यकाका नदी किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनमा जानुपर्ने बताए। सत्तारुढ दलकै सांसदलेबाल श्रमशोषण गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारबाही गर्नुपर्ने धारणा राखे। नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले लुम्बिनी प्रदेशमा एमालेबाट सांसद बनेकी रेखा शर्मालाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेकी हुन् ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रदेशसभा सदस्य शर्मालाई कारबाही कहिले गर्ने भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरेपछि यो विषयले संसदमा समेत प्रवेश पाएको छ । त्यसपश्चात् एमाले र बालेन कार्यकर्तासामाजिक सञ्जालमा एक अर्काविरुद्ध भिडेका थिए ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि सहकारी ठगी गरेको भन्दै उजुरी परेकाले छानविन गर्ने कि नगर्ने? भनेर प्रश्न गरेका छन् । पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामाकांग्रेसका सांसद धनराज गुरुङ र उनकी श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको बताए।

नेकपा एमालेले पाँचथरको विष्फोट घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा गत बिहीबार सकेट बम विष्फोट भएर एकै घरका दुई नाबालकको मृत्यु भएको थियो । एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले यो घटनामा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने बताए