खेलकुद

पल्सर स्पोर्ट्स अवाडको ४ विधाको मनोनयन सार्वजनिक


काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्टस अवार्डको २१औं संस्करणको चार विधाको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार कार्यक्रम गर्दै वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षको मनोनयन सार्वजनिक गरेको हो ।

चारवटै विधामा उत्कृष्ट पाँच÷पाँच जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् । मञ्चका महासचिव प्रज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल (क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराँते) र सुवास तामाङ (गल्फ) परेका छन्।

यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराँते), मेनुका राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन् ।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराँते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन् ।

मनोनयनमा परेका पाँच जनामध्यबाट अवार्डकै दिन विजेता घोषणा गरिनेछ । स्पोर्ट्स अवार्ड यही भदौ २८ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना हुँदैछ ।