Breaking

बिरयानी खोज्ने होसियार ! कुहिएको मासु कोक्याउँला, ब्रान्डले झुक्याउँला


चाडपर्व नजिकिएसँगै चाडपर्व लक्षित बजार अनुगमनले तीव्रता पाउने गर्छ । तर यसको प्रभावकारिता प्राय शून्य देखिन्छ । चाडबाडमा मात्रै नभइ बजार अनुगमन सधैँ हुने गरेको सम्बन्धित निकायले दाबी गरे पनि बजारमा अखाद्य र म्याद गुज्रेका सामानको बिगबिगी उस्तै छ ।

बजारमा अनुगमन कार्य सधैँ हुनु पर्ने हो । तर चाडबाड लक्षित अनुगमनले मात्रै तीव्रता पाउँदा बजारमा अखाद्य र म्याद गुज्रेका सामानहरुको बिगबिगी नियन्त्रणमा आउन सकेको देखिँदैन । नागरिकको भान्सादेखि भोज भतेरसम्म मिसावट गरिएका सामानका कारण विभिन्न रोगको सिकार बन्नु परेको छ । खाजा घरदेखि ठूला होटल रेस्टुरेन्टसम्मै नियमित नियमन र अनुगमन नहँुदा जनताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको देखिन्छ । बुटवलमा सञ्चालित हैदराबादी मट्का बिर्यानीले सडेगलेको खाद्यान्न र मासुको प्रयोग गरेको फेला परेको छ । विगत चार वर्षदेखि बुटवलको पुरानो बसर्पाकमा सञ्चालित ‘हैदराबादी मट्का दम बिर्यानी एन्ड मट्का लस्सी’ले कुहिएको मासुबाट बिर्यानी बनाउने गरेको तथ्य गत बिहीबार उजागर भएको हो ।

ग्राहकले बिर्यानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो गरेपछि हैदराबादी बिर्यानीमा अनुगमनगरिएको थियो । बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल नगर कमिटीसहितको टोलीले अनुगमन गर्दा कुहिएको मासु, छाला भेटिएको थियो।बुटवल उपमहानगरपालिकाको अनुगमन शाखामा ग्राहकले गुनासो गरेपछि उक्त बिर्यानी पसलमा अनुगमन गरिएको हो । त्यस क्रममा५६ केजी कुहिएको मासु र कुखुराको छाला भेटिको थियो । उपमहानगरको अनुगमन शाखाले अब कार्यविधि अनुसार जरिवाना गर्ने तयारी थालेको छ ।
खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीले जनस्वास्थ्यमा हानी नपु¥याउने गरी स्वच्छ, सुरक्षित र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ। तर, हैदरावाद दम बिर्यानीले कानुनी मापदण्डको पालना नगरेको पाइएको उपभोक्ता हित संरक्षण समितिले जनाएको छ । भाँडा माझ्ने ठाउँ फोहोर भएको, भाँडाकुँडा राम्रो सफा नगरी ग्राहकलाई खाना दिने गरेको, भाँडा माझ्ने ठाउँमै मासु सफा गर्ने गरेको र आवश्यक सरसफाइलाई ध्यान नदिएको आधारमा अनुगमन टोलीले पत्र काटेर आएको समितिले बताएको छ ।

भारतको हैदराबाद, तेलङ्गाना राज्यदेखि सुरु भएको हैदराबादी बिर्यानीसामान्यतःमुगलई र इरानी खानाको मिश्रणको रूपमा ऐतिहासिक हैदराबाद राज्यको हैदराबादको निजामको भान्छामा बनाउने गरिएको भनेर विश्वास गरिन्छ ।हैदराबादी बिर्यानीको नाममा नेपालका विभिन्न सहरमा समेतढावा पसलहरु सञ्चालनमा छन् । तर बिर्यानी बेच्ने रेस्टुरेन्टहरुले प्रयोग गर्ने खाद्यय वस्तु र सरसफाइलगायतका कार्यमा प्रभावकारी अनुगमन नहुँदा ग्राहक भने अस्वस्थकर र फोहोर खान बाध्य भइरहेका छन् ।

उपभोक्तको हित र सहजताका लागि महत्वपूर्ण भूमिका खेल्नु पर्ने निकायउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागतथा उपभोक्ता हित संरक्षण मञ्चहरु चाडपर्व नजिकिएसँगै अनुगमनमा जाग्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको जनगुनासो छ । नेपालीहरुकोप्रमुख चाडपर्व नजिकिएसँगै चाडपर्वलक्षित बजार अनुगमनमा सक्रियता बढाउने गरिन्छ । तर, अन्य समयमा भइरहेका यस्ता अवैध र ठगी कार्यमा सम्बन्धित निकायले आँखा चिम्लिँदा सर्वसाधारण नागरिक अस्वस्थकर खाना खान बाध्य हुने गरेका छन् ।

यसका साथै फर्जी रुपमा म्याद गुर्जेका सामग्रीहरुको लेबल चिप्काएर उपभोक्तालाई ठग्ने काम भएको देखिन्छ । बजारमा हरहर मसलाको बासना आउने, आँखै लोभ्याउने कलर राखेका खानाले जनस्वास्थ्यमा नकारात्मक असर पारे पनि त्यसको परीक्षण र नियमनमासम्बन्धित निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यान पुगेको देखिँदैन । बाह्रै महिना अनुगमन कार्यमा चनाखो हुनु पर्ने निकायले चाडपर्वमा मात्रै आँखा उघार्दा न अनुगमन कार्य प्रभावकारी भएको छ न त गलत धन्दा गरेर पैसा कमाउनेहरु निरुत्साहित भएका छन् । चाडपर्वमा हुने अनुगमन पनि मिडियाबाजी र प्रचारका लागि हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणीसमेत हुने गरेको छ ।