खेलकुद

पलेशालाई ५ लाख र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले गर्‍यो सम्मान


काठमाडौँ— नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ ।

आज केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पलेशा र उनका प्रशिक्षक कविराज नेगीलाई नगदसहित सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको सहभागीता थियो । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत मलिा ५७ केजीमुनी प्रतिस्पर्धा गरेकी पलेशाले कास्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।