Breaking

ममता प्रकरण : नरेशले दिए प्रहरीलाई हैरानी, ममताकी आमाको बयान


अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको अवस्था सार्वजनिक गर्न माग गर्दै नेपाली समुदायले थप दबाव बढाएकाछन् । प्रहरीले अदालत र नेपाली समुदायबाट दबाव महसुुस गरेपनि खोजीका लागि थप प्रविधीको प्रयोग गरेर पार्क स्कुल, चर्च र जंगल एरियामा खोजी तिब्र पारेको छ । एक रिपोर्ट

अमेरिकामा बेपत्ता ममता काफ्ले प्रकरणको बहस नयाँ सिराबाट सुरु भएको छ। अदालती प्रक्रियामा रहेको यो मुद्धामा वकिलहरुले आ–आफ्नो दलिल पेश गरिरहेकाछन् । ममताका पक्षबाट अदालतमा पैरबी गरिरहेका वकिलले नरेशसंग मात्र हैन नेपालमा रहेका उनका परिवारलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग गरेकाछन् ।

अहिलेसम्म ममताको हत्या गरि पति नरेशले शव लुकाएको आरोप लागि रहेका बेला अदालतमा नरेशका परिवारमाथि पनि अनुसन्धान गर्नु पर्ने दवाव बढेपछि घट्नाले नयाँ मोड लिने देखिएको छ। नरेशलाई पक्राउ गरेको मनसास प्रहरीले ममतको खोजीमा नयाँ प्रविधी र संयन्त्रको प्रयोग गरेको छ। अहिलेसम्म घर र पार्कमा प्रहरी परिचालित भएर खोजी गरिरहेको प्रहरीले लामो समयसम्म ममताको अवस्था पत्ता लगाउन नसकेपछि पार्क एरियामा ड्रोनको प्रयोग मार्फत खोजी सुरु गरेको छ। प्रहरीले अहिले व्यापक रुपमा,स्कुल चर्च, पार्क र सार्वजनिक स्थानमा खोजी कार्य जारी राखेको छ।

अदालतमा प्रहरीले नरेशलाई अभियुक्त बनाएर उभ्याउँदा उनका पक्षका लयरले विना प्रमाण मिडिया ट्रायल गरेर नरेशलाई पक्राउ गरेको जिरह पेश गरिरहेकाछन् । ममतको अवस्था पत्ता नलागेकाले प्रहरी पनि दबावमा परेको छ। यद्यपी ममता जिवित नरहेको दाबी गरेको मनसास प्रहरीले छिट्टै ठोस प्रमाण सार्वजनिक गर्ने बताएको छ।

अदालतमा नरेशपक्षको वकिलले चुनौतीको रुपमा नरेशले हत्या गरेको ठोस प्रमाण पेश गर्न माग गरिरहेको बेला, नेपली समुदायले पनि निरन्तर दवाब सिर्जना गरिहरेकाछन् । यसअर्थमा पनि प्रहरी दोहोर दवाबको चेपुवामा छ । नेपाली समुदायले पर्चा, पम्पेलट। संचारमाध्यम र सामाजिक सञ्जालबाट एकजुट भएर ममताको न्यायका लागि निरन्तर दवाबसहितको खबरदारी जारी राख्न आह्वान गरेकाछन् ।

पार्क र जंगल एरियामा निरन्तर खोजी गरिरहेको प्रहरीले गत शुक्रबार नरेशको घर वरपर सघन खोजतलास गरेको थियो । त्यसबेला केही प्रमाणहरु भेटिएको र त्यसको अध्ययनका लागि फरेन्सीक ल्याबमा पठाइएको भर्जिनियाबाट संचालित स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । प्रमाणको रुपमा प्रहरीले केही ‘क्लु’ फेला पारेको तर विषय अनुसन्धानसँग जोडिएकाले बाहिर सार्वजनिक गरेको छैन।

प्रहरीको खोजी र अदालती प्रक्रिया निरन्तर चलिरहेको छ । विहीबार चौथोपटक नरेशलाई अदालतमा उभ्याईएको छ । गोडा धोएर ज्वाई बनाई आफ्नो खुसी लुटाउँदै नरेशको पोल्टामा छोरीको हात थमाईदिएकी ममता काफ्लेकी आमा र नरेशबीच अदालतमा पहिलो पटक जम्काभेट भएको छ । प्रिन्स विलियम काउन्टी अदालतमा भएको सुनुवाईमा पहिलोपटक ममताकी आमा गिता र दाई पनि उपस्थित भएका थिए । नरेशले अदालतमा ममताका दाईलाई आँखा तरेको विषय पनि सर्वाजनिक भएको छ।

यता अभियुक्त नरेशले आफुमाथिको मुद्दा कमजोर पार्न अदालतसम्मै चलखेल गरेको हुन सक्ने आशंका चुलिएको छ । नरेशले आफ्ना वकिलमार्फत आफ्नो अनुकुलमा जे–जे माग गरिहरेका छन् त्यही प्राप्त गरेकाले पनि नरेशप्रति न्यायिक निकाय किन यदि उदार देखियो भन्ने आशंका बढेको छ । यद्यपी एउटा पक्षले अमेरिकी अदालतमा बाहिर आए जस्तो कुनै पनि चलखेल नहुने दाबी गरेकाछन् ।

केहीसमय अघि नरेशले आफ्ना वकिल मार्फत, जनरल डिस्ट्रिक कोडमा ट्रायल नगर्न माग गरेका थिए । पछि नरेशपक्षको वकिलको अपिलमा अदालतले त्यही मागलाई सदर गर्दै सर्किट कोर्टमा ग्राण्ड जुरिमा पठायो । विहीबार पुनः भएको सुनुवाइले ग्रान्ड जुरी खारेज गरेको छ । अभियुक्त नरेश भट्टका वकिलहरूको मागअनुसार ग्राण्ड जुरी खारेज गरेर मुद्दालाई ‘स्पिडी ट्रायल’ मा लगिएको हो । स्पिडी ट्रायलमा लैजाँदा मुद्दाको अभियोजन ५ महिनाभित्र गरिसक्नुपर्ने हुन्छ । अन्यथा मुद्दा लाग्दैन । हरेक कानुनको छिद्रको प्वाल खोजेर नरेशपक्षले मुद्दा घुमाईरहेको देखिन्छ ।

नरेशले हिजोबाट नयाँ वकिल हायर गरेका छन् । अहिले नरेशविरुद्ध शव लुकाएकोमात्रै अभियोग लगाइएको छ । हत्या अभियोग छैन । नरेशले हत्या गरेको ठोस प्रमाण नभेटिएकाले प्रहरीले हत्यारा भन्न सकेको छैन । मुद्दालाई जति छिटो प्रक्रियामा लग्यो, प्रहरी उति दबाबमा पर्ने नरेशका वकिलहरूको बुझाइ छ ।

यदि प्रहरीले हत्याको प्रमाण नभेटेमा शव लुकाएको मुद्दामात्र लाग्ने र सामान्य सजाय हुन सक्ने भएकाले उनीहरूले स्पिडी ट्रायलका लागि दबाब दिइरहेका छन् । उनीहरूको अहिलेसम्म ममताको शव नै नभेटिएको हुँदा अभियोग पुष्टि हुने आधारभूत प्रमाणसमेत प्रहरीसँग नभएको तर्क गरेका छन् । यसअघिको मोसन हियरिङमा जस्तै हिजो पनि न्यायाधीशले नरेशका वकिलको माग स्वीकार गरे । जसअनुसार मुद्दा ग्राण्ड जुरीको साटो स्पिडी ट्रायलमा जाने भएको छ ।

आजभन्दा झण्डै एकमहिना बढी अर्थात् गत साउन १५ गतेबाट अमेरिकाको भर्जिनियामा बसोबास गर्ने नर्स ममता काफ्ले बेपत्ता छिन् । ममताको हत्या गरेको आरोपमा उनका पति नरेशलाई भदौ ७ गते प्रहरीले पक्राउ गरेको थियो ।