Breaking

निर्णायक प्रचण्ड, कांग्रेस–एमाले एक्लै चुनाव लड्लान् ?


कांग्रेस र एमालेको अर्जुनदृष्टि नै २०८४ को आम निर्वाचनमा एक्लै चुनावी मैदानमा उत्रिएर बहुमतसहितको पहिलो पार्टी बत्रे छ । जस अनुरुप नै सत्ता सहकार्य गरिरहेका उनीहरू पार्टीको आधिकारिक निर्णय गरेर तल्लो तहसम्मकै एजेण्डा बनाईरहेका छन् । तर, चुनाव आउन अझै तीन वर्ष बाँकी नै रहँदा गठबन्धन नगरि मैदानमा उत्रन कतिको सम्भव होला ?

नेपालमा अहिले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ । सदनमा प्रतिपक्षीको भूमिकालाई कमजोर बनाएर सत्तामा रमिरहेका दक्षिण र उत्तरपन्थीहरू एक ठाउँमा उभिदा अब उनीहरू सबैको तयारी २०८४ को चुनाव रहेको देखिन्छ ।
आगामी निर्वाचनमा एक्ला एक्लै चुनाव लड्ने सहमति अनुसार नै कांग्रेस–एमालेले बनाएको यो समीकरण अब कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्रै सीमित छैन । दुबै पार्टीले छुट्टाछुट्टै चुनाव लड्ने आधिकारिक घोषणा नै गरिसकेका छन् ।

कांग्रेसको हालै सम्पत्र केन्द्रीय समितिको बैठकमा चुनावमा गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने भत्रे विषयमा निकै लामो बहस भएको थियो । महामन्त्री गगन थापाको गठबन्धन गर्ने प्रस्तावलाई हुबहु पारित नगरे पनि गठबन्धन नगरि एक्लै चुनाव लड्ने भाव सहितको मध्यमार्गी बाटो अपनाईएको छ। यसलाई गगनको नाक र पार्टीको शाख दुबै बचेको अर्थमा हेरिएको छ ।

चलाखीपूर्ण शब्द राखेर मध्यमार्गी बाटो अपनाउँदै पार्टीलाई बलियो बनाउँदै एक्लै निर्वाचन जित्न सक्ने अवस्थामा पु¥याउने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो । त्यस्तै बुधबार सम्पन्न एमाले पोलिटब्युरो बैठकले पनि आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने भन्दै अबको निर्वाचन एक्लै आफ्नै तागतमा लड्ने र बहुमत ल्याउने निर्णय गरेको छ । यसरी हेर्दा कांग्रेस र एमालेको अर्जुनदृष्टि नै ०८४ मा एक्लै चुनाव लडेर बहुमत सहतिको पहिलो पार्टी बत्रेमा केन्द्रीत रहेको देखिन्छ ।

कांग्रेस र एमाले अहिले समकालिन नेपाली राजनीतिका दुई ठूला प्रतिष्पर्धी दलहरू हुन् । यो कुरा कांग्रेस र एमाले दुईटै दलले स्वीकारेका पनि छन् । तल्लो तहसम्म नै एक्लै चुनाव लड्ने एजेण्डा बोकेका दलहरूले गठबन्धन नगरि चुनाव लड्ने भने पनि यसमा आशङ्का गर्ने ठाउँ भने प्रशस्तै छन् । ०८४ को चुनाव आउन अझै तीन वर्ष बाँकी नै छ ।

छेपाराले रङ्ग फेरे भन्दा बढी आफ्ना बोली फेर्न माहिर राजनीतिक नेताहरू तीन वर्षसम्म आफ्ना बोलीमा कति अडिग रहलान् भत्रे विश्वास स्वयम् पार्टीकै नेताहरूलाई छैन । अर्थात् भोली अहिलेको समीकरण भङ्ग भई हाल्यो भने उनीहरूले गरेको निर्णयको स्थान रद्दीकै टोकरीमा हुने सम्भावना पनि उत्तिकै छ । समीकरण फेरेसँगै गठबन्धन नगर्ने भन्ने अडान पनि फेरिन सक्छ । एमाले र कांग्रेसको तीव्र प्रतिष्र्धा हुँदा त्यसमा माओवादीले जसलाई साथ दिन्छ उही देशको ठूला पार्टी भएको विगत छ।

अर्थात् माओवादी जता पल्टन्छ त्यही दल ठूलो हुने अहिलेसम्मको जनाधार देखिन्छ। ०७४ को निर्वाचनमा एमालेलाई माओवादीको साथ हुँदा पहिलो दल बनेको थियो भने, ०७९ मा कांग्रेस बन्यो । त्यसैको दबाव पनि एमाले र कांग्रेसलाई पर्ने देखिन्छ । जसले गर्दा सत्ता नै सर्वशक्तिमान् ठानेर तेस्रो दलको सहयता लिन जान सक्ने आशङ्का गर्न सकिन्छ ।

अझ चुनाव नीति भन्दा पनि रणनीति भएको व्याख्या गर्दै आएको कांग्रेस संस्थापन पक्षले मध्यमार्गी रोज्दा दलहरूले भनेको जस्तै ०८४ मा एक्लै चुनाव लड्ने बाधा अड्चन देखिन्छ । यस्तो अवस्थामा आफू अनुकूलको रणनीति बुन्दै आएका दलहरू एक्लै चुनावमा होमिने आँट गर्न सक्लान् ? भत्रे शङ्कालाई बल पुग्ने आधार दिएको छ ।

सामान्यत लोकतन्त्रको अभ्यास गर्ने मुलुकमा पहिलो र दोस्रो दलले सरकार चलाएको इतिहास नै छैन । तर, नेपालमा भने सत्तामा लिप्त हुने राजनीतिक नेतृत्वहरू हुँदा कही नभएको जात्रा हाँडी गाउँमा भने झै भएको छ । यस्तो अवस्थामा दुई ठूला दलले गठबन्धनविना नै चुनावमा होमिने सङ्केत गर्नु सकारात्मक पक्ष नै हो । तर, हरेक क्षेत्रमा छिमेकी मुलुक भारतको प्रभाव परेको देशमा राजनीति पनि त्यसबाट अछुतो हुन सकेको छैन । अझ भनौं सबैभन्दा बढी नै राजनीतिमा हाबी छ । त्यसैले भारतमा बलियो भारतीय जनता पार्टीले समेत चुनाव अघि गठबन्धन गरेर गएको नजिकबाट नियाँली रहेका राजनीतिक दलहरूले गठबन्धन गर्दैन भत्रे कुरा अहिले नै पत्याई हाल्ने अवस्था भने बनिसकेको छैन ।