Breaking

कहाली लाग्दो आमाछोराको हत्या, श्रीमान् कान्छी लिएर हिँड


उदयपुर कटारी नगरपालिका–१० सोरुङ छबीसेमा आमा–छोराको हत्या भयो । बिहीबार बिहान ४० वर्षीया निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापा सुतेकै ठाउँमा विभत्स हत्या गरिएको अवस्थामाशव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय कटारीको टोली घटनास्थल पुगेको थियो ।घटना घटेको २४ घण्टा बितिसक्दा पनि प्रहरीमा कसैले जाहेरी नदिएपछि प्रहरी आफैँले अनुसन्धान अगाडि बढाएकोछ ।

ईष्र्या, आवेग र आक्रोशले समाजमाहत्या हिंसाका घटनाको ग्राफ दिनानुदिन बढ्दो क्रममादेखिन्छ । गत भदौ १४ गते मोरङको सुन्दरहरैँचा ७ मा आफ्नै आमाबाट दुई छोरीको हत्या भएको घटना सेलाउन नपाउदै उदयपुर कटारी नगरपालिका–१० स्थित सोरुङ छबीसेमा आमा–छोराको रहस्यमय ढंगले सुतेकै अवस्थामा विभत्स हत्या भएको छ ।

श्रीमानले दोस्रो विवाह गरेपछि छोरासँग गाउँको वडा कार्यालयनजिकै पसल चलाएर बसेकी ४० वर्षिया निर्मला थापा र ६ वर्षीय छोरा आरुस थापाको सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा गत बिहीबार बिहान शव फेला परेको थियो । हत्या गरेको अवस्थामा आमा छोरालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना घटेको २४ घण्टा बितिसक्दा पनि मृतकका कोही पनि आफन्तबाट प्रहरीमा जाहेरी नपरे पछिइलाका प्रहरी कार्यालय कटारीले आफैँ अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

बिहीबार बिहान आमा–छोरा नै बेडमा घोप्टो परेको अवस्थामा मृत भेटिएको थियो ।उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ ।सर्जमिन मुचुल्कापछि दुवैजनाको शव पोस्टमार्टमका लागि कटारी अस्पताल पठाइएको छ । हत्या भएको २४ घण्टा बितिसक्दा पनि मृतकका कोही व्यक्ति सम्पर्कमा नआएको प्रहरीले बताएको छ । हत्या गरिएकी निर्मलाको श्रीमान् अशोक थापा दुई वर्षअघि दोस्रो विवाह गरी भारततिर गएका थिए । एकल रुपमा छोरासंग बस्दै आएकी महिलाको हत्या कसले ग¥यो ? यसको अनुसन्धानका लागि कहाँबाटसुरु गर्ने भन्नेमा नै प्रहरी प्रशासन अन्योलमा परेको देखिन्छ ।

स्थानीयलेबुधबार साँझसम्म निर्मलाले आफ्ना देवरहरुसँग फोनमा कुराकानी गरेको बताएका छन् ।उनीहरुका अनुसार बिहीबार बिहान घरमा खसी काट्ने सल्लाह भएको थियो । तर रातारात कसले, कसरी आमा छोराको हत्या ग¥यो भन्ने रहस्य अहिलेसम्म खुल्न सकेको छैन ।घटनास्थलमा अनुसन्धानका लागि विज्ञ प्रहरी टोली खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए ।
यद्यपि, अहिलेसम्म निर्मलासँग नजिक रहेका व्यक्ति तथा शंकाको घेरामा रहेका व्यक्तिबारे पहिचान गर्नै प्रहरीलाई सकस भइरहेको छ । व्यक्तिगत रिसिइबीका कारण घटना भएको हो वा लुटपाट तथा अन्य कारण भन्ने मै अहिलेसम्म अन्योल देखिएकाले यस घटनामा प्रहरीको गम्भीर अनुसन्धान आवश्यक देखिन्छ ।