Uncategorized

फिस्लिङमा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौँ – इच्छाकामनामा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

करिब साढे ७ बजेतिर इच्छाकामना-३ फिस्लिङ नजिकै राजमार्गमा पहिरो खसेको हो।

सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले जानकारी दिए।

सडक कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने प्रयास भइरहेको उनले बताए।