काठमाडौँ— नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ ।
थ्रस्टन कलेज ग्राउण्डमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए ।
सोमपाल कामी र गुल्सन झाले २/२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए ।
आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।
श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।
प्रतिक्रिया