Breaking

सरकारले पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि पुरस्कृत गर्ने


काठमाडौँ— सरकारले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई पनि पुरस्कृत गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँले सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेगीको प्रशिक्षणमा पेरिस पारालिम्पिकमा पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । उनले पनि सरकारबाट करछुटसहित ६५ लाख रुपैयाँ पुरस्कार पाउँदैछिन् ।

तस्तै, मन्त्रिपरिषद् बैठकले दुध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानलाई तत्काल ६० करोड रुपैयाँ ऋण भुक्तानी गर्न स्वीकृत दिने निर्णय गरेको पनि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।