Breaking

रवि फस्ने पक्का, २५ जनाविरुद्ध पक्राउ पुर्जी


पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएको प्रहरीले तुरुन्तै थप छानबिन अघि बढाएको छ । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको आरोप उनीमाथि लाग्दै आएको छ । लामिछाने सहकारी ठगी काण्डमा मुछिएसंगै फेरि सांसद पदसमेत जान सक्ने संकट आइलागेको छ ।

‘चितवनमा तेस्रो पटक पुनः निर्वाचन हुन सक्छ’ । सहकारी बचत दुरुपयोग संसदीय छानबिन समितिका सभापति सूर्य थापाको भनाइ हो यो । समितिको समय सीमा १५ दिन थप हुनुभन्दा केही दिन अघि पत्रकार राजेन्द्र बानियासंगको अन्र्तवार्तामा समिति सभापति थापाले यस्तो धारणा राखेका थिए । समितिको प्रतिवेदन सार्वजनिक नहँुदै सभापतिबाट आएको यो अभिव्यक्तिलाई चौतर्फी चासोका साथ हेरिएको छ । सहकारी छानबिनमा प्रहरीले देखाएको थप चासोले पूर्वगृहमन्त्रीहरु जेल जाने श्रृंखला चलिरहेका बेला अर्को नाम थपिने त होइन ?भन्ने चर्चा चुलिएको छ ।

जुन विषयले रास्वपा पार्टी सभापतिएवं पूर्वगृहमन्त्री लामिछानेको होस हवास उडाएको छ । भदौ ७गते समितिमा बयान दिए पछिउनी भय र आक्रोशमा देखिन्छन् ।बयानले हायाकायल बनेका रवि त्यसलगत्तै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएको खुल्न आएको छ । संकटमा परेका लामिछानेले प्रधानमन्त्री ओली र सभापति देउवासँग सहयोगको याचना गरेको शंका भइरहेको छ ।

त्यही भेटका कारण छानबिन समितिको समय सीमा १५दिन थप गरिएको अनुमान छ ।पछिल्लो समय सहकारी काण्डले अफ्ठ्यारोमा परेका लामिछाने सार्वजनिक रुपमै चुनौती दिँदै हिँड्न थालेका छन् । चितवनको एक कार्यक्रममा उनलेभनेका छन्, ‘तिमीहरुका प्रमाण छ्यापछ्याप्ती हुँदा तिम्रा मान्छे मन्त्री हुने, सक्छौँ भने मलाई थुन, हत्कडी लगाऊ, सकेनौँ भने म तिमीहरुलाई छोड्ने छैन ।’

गत माघ २२ गते सूर्यदर्शन सहकारी ठगीको कसुरमा थप आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी परेको थियो । जाहेरीमा पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेसहितलाई विपक्षी बनाइएको थियो।त्यसको ठिक १ महिना पछि फागुन २३ गते सत्ता गठबन्धन बदलिएसँगै रवि गृहमन्त्री बनेका थिए । उनी गृहमा आएपछि सहकारीको रकम अपचलनसम्बन्धीछानबिनमा केही सुस्तता छाएको थियो । तर फेरि सत्ता समीकरण बदलिँदा कांग्रेसका रमेश लेखकले गृह सम्हालेसंगै छानबिनको रफ्तारले लय लिएको छ ।

सहकारीसम्बन्धी छानबिन गर्न गठित संसदीय समितिले रात दिन लगाएर प्रतिवेदन तयार पारिरहेको छ । लामिछाने जोडिएको सूर्यदर्शन सहकारीेको छानबिनका लागि पोखरादेखिनै डीएसपीसहितको टोली काठमाडौं आएरलामिछानेलगायतका व्यक्तिहरुको बयान लिएर फर्केको छ ।

संसदीय छानबिन समितिले काम गरिरहेको र प्रतिवेदन तयार पारिरहेको सन्दर्भमा कास्कीबाट प्रहरी टोली आएर संघीय राजधानीमै बसेर अनुसन्धान र सोधपुछ गर्नुले सरकार तीव्र रुपले अगाडि बढेको देखिन्छ ।लामिछाने प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा करोडौं रकम आएको तथ्य प्रहरीले फेला पारेको जनाएको छ । जसले गर्दा समितिको प्रतिवेदन आउनुभन्दा अगावै अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरी प्रहरीलेउनलाई कठघरामा उभ्याउन सक्ने सम्भावना देखिन्छ ।

सहकारी ठगी काण्डमा मुछिएका लामिछाने दोषी देखिए फेरि सांसद पदसमेत जाने संकट आइलाग्ने छ । सहकारी ठगी काण्डमा लामिछानेको संलग्नताबारे एकपछि अर्को अनुसन्धान भइरहँदा भदौ ७ गते ९ घण्टा लगाएर दिएको बयानले उनी अफ्ठ्यारोमा परेको देखिन्छ । लामिछानेले त्यो बेला सहकारीबाट ऋण लिने रवि लामिछाने आफू नभएको बयानसमेत दिन भ्याएका थिए ।

तर, उनको नाममा ऋण प्रवाह भएका सहकारी संस्थाले गोर्खा मिडिया नेटवर्कको प्रबन्धक रहेकाबखत यिनै लामिछानेले ऋण लिएर रकम दुरुपयोग गरेको बयान दिएका छन् । उनीहरुबीच नै एकआपसमा बयान बाझिएसँगै अब यो मुद्दा अदालत जान सक्नेदेखिन्छ ।गत साउन पहिलो साता पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा थप २५ जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो ।प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ अनुमति लिइएकामा जीबी भनिने गितेन्द्रबाबु राईका आफन्त र सूर्यदर्शन सहकारीकै पूर्वसञ्चालक तथा कर्मचारीहरू रहेका छन्।तर अहिलेसम्म लामिछानेविरुद्ध भने पक्राउ पुर्जी जारी भइनसकेको प्रहरीको भनाइ छ।

सहकारीको रकम अपचलनमा लामिछानेको संलग्नता पुष्टि हुँदै जाँदा उनलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको देखिन्छ । तर उनलाईप्रहरीले सिधैँ पक्राउ गर्दा पूर्वगृहमन्त्रीको हैसियत र उनको लोकप्रियताका कारण विवाद तथा भाँडभैलो हुने देखेर अदालती प्रक्रियाबाट लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा प्रहरी प्रशासन देखिन्छ ।अदालतमा मुद्दा गएपछि उनी दोषी करार हुने र सांसद पद नै गुम्ने खतरा उच्च छ । यदित्यसो भएको अवस्थामालामिछानेको क्षेत्र चितवन – २ मा पुनः निर्वाचन हुनेछ ।