खेलकुद

बालोन डी’ओर अवार्डको सूचीमा परेनन् मेसी र रोनाल्डो


बालोन डी’ओर अवार्ड२०२४ का लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्।

मनोनयनमा अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेसी परेका छैनन्। आठ पटकको बालोन डी’ओर विजेता मेसीले २०२३ मा पुरस्कार पाएका थिए।यस्तै, पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि सूचीमा छैनन्।सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको यो पहिलोपटक हो ।

रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए। सूचीमाफ्रान्स र रियल म्याड्रिडका केलियन एमबाप्पदेखि इंग्ल्याण्ड र बायर्न म्युनिखका ह्यारी केनसम्मका खेलाडी परेका छन् ।