Breaking

भाइ इजलासमा परेपछि मुद्धा ‘हेर्न नमिल्ने’मा


काठमाडौँ— सर्वोच्च अदालतमा संवैधानिक अंगमा असंवैधानिक नियुक्तिविरुद्ध परेको रिट अनौठो तरिकाले टाढिने उपक्रम निरन्तर छ । सर्वोच्च अदालतले कुनै निर्णय नदिएपछि ४४ महिनादेखि संवैधानिक अंगमा ‘असंवैधानिक पदाधिकारी’ क्रियाशील भएको जिकिर निरन्तर छ ।

तीन महिनापछि बल्लबल्ल आज संवैधानिक इजलासको पेसीमा उक्त रिट चढेको थियो । तर, दुर्भाग्य इजलासमा न्यायाशीश कुमार रेग्मी पनि परेपछि ‘हेर्न नमिल्ने’मा परेको हो ।

त्यसरी ‘हेर्न नमिल्ने’मा पर्नुमा न्यायाधीश रेग्मी, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीका भाइ हुनु हो । संवैधानिक इजलास प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी थिए ।