Breaking

ऐतिहासिक पदक विजेता पलेशाको भव्य स्वागत


काठमाडौँ – नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई स्वदेशमा भव्य स्वागत गरिएको छ।

पेरिस पारालिम्पिक–२०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कास्य पदक जितेकी पलेशलाई बुधबार त्रिभुवन विमानास्थलमा भव्य स्वगत गरिएको हो।

गत शुक्रबार ऐतिहासिक पदक जितेकी पलेशालाई विमानस्थलामा बाजागाजासहित खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेका थिए। त्यसपछि उनलाई नगर परिक्रमा गरिइएको थियो।

नगर परिक्रमा विमानस्थलबाट सुरु भएर गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वरचोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुरेर बधाइ कार्यक्रम आयोजना गर्‍यो।

गत शुक्रबार अबेर राति पेरिसस्थित ग्रान्ड प्यालेसमा रिपेचेजको कास्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।

पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता हो। पलेशाले खेल्ने के(४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।

रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन्।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन्। क्वाटरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परेकी थिइन्।