काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्।
अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ।अञ्जिलाले पहिलो पटक एसिया बाहिर खेल्न लागेकी हुन्।युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको अञ्जिलाले बताएकी छिन्।
विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन्।अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छिन् ।
इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् ।
प्रतिक्रिया