Breaking

एमालेको पोलिट्ब्युरो बैठक आजबाट सुरु हुँदै


काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक आजबाट सुरु हुँदै छ । ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी पोलिट्ब्युरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

दुई दिने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी कामको योजनाबारे विस्तृत छलफल हुने गौतमले बताए । उनका अनुसार कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन, सदस्यता र संगठन विस्तार अभियान समेटिएका छन्।

एमालेलेसदस्यता नवीकरण उत्साहजनक नभएको भन्दै अभियानकै रूपमा लैजाने तयारी गरेको छ । एमालेका साढे पाँच लाख सदस्यमध्ये ६० प्रतिशतले मात्रै नवीकरण गरेका छन् ।

बैठकमा सरकारको डेढ महिने कामको समीक्षा, स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।