काठमाडौँ— नेकपा (माओवादी केन्द्रले) उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न लागेको भन्ने चर्चाप्रति पुनः सर्कुलर जारी गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र महासचिव देव गुरुङले हस्ताक्षर गरेको सर्कुलरमा शर्माले पार्टी विभाजन गर्न लागेको विषयमा सत्यता नरहेको स्थायी कमिटी बैठकमा स्पष्ट पारेको उल्लेख छ ।
“पछिल्लो समय कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव कमरेड जनार्दन शर्मा प्रभाकरुले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो,” सर्कुलरमा यस विषयलाई विशेष जोड दिँदै उल्लेख गरिएको छ, “साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो ।”
साताव्यापीरूपमा चलेको माओवादीको स्थायी कमिटी बैठकमा शर्माले प्रस्तुत गरेको प्रस्तावले तरंग पैदा गरेको थियो । जसमा पार्टी नेतृत्वले नै शर्माले पार्टी फुटाउन लागेको प्रचार गरेको उल्लेख थियो । त्यसबारे बैठकमा जनार्दन प्रस्ट पारेका थिए ।
प्रतिक्रिया