Breaking

देउवासँग अन्ततः हारे गगन–विश्व, गठवन्धन हुन


पार्टी सभापतिलाई गलाउन दुई÷दुई पटक केन्द्रीय समिति बैठक सारेका कांग्रेसका महामन्त्रीहरू अन्ततः आफै व्याक भएका छन् । महासमितिको बैठकमा पेश गरेका प्रतिवेदनलाई हुबहू केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजनामा देखिएका गगन थापा र विश्वप्रकाश शर्मा पछि हट्ने छाँटकाँटमा देखिएको छ ।

गत साउन २३ गते सुरु भएको नेपाली कांगे्रसको केन्द्रीय समिति बैठक, भदौको आधा महिना बितिसक्दा पनि अझै सम्पत्र हुन सकेको छैन । उपसभापति र महामन्त्रीद्वयले महासमिति बैठकमा पेश गरेका प्रतिवेदनमा सहमति जुट्न नसक्दा झण्डै महिना दिनदेखि छलफलमा नै रहेको केन्द्रीय समिति बैठक सम्पत्र हुन नसकेको हो ।

बैठकमा आ–आफ्नो प्रतिवेदनलाई लिएर अडान नछोडेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पटक पटक केन्द्रीय समितिको बैठक सारेर सभापति शेरबहादुर देउवालाई दबाव दिँदै आए पनि अन्ततः पछि हट्ने संकेत गरेकाछन् ।

महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको चुनाव अघि गठबन्धन नगर्ने र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर विवाद उत्पत्र हुँदा बैठक अवरुद्ध हुँदै आएको थियो । तर, बिमतीहरू साँघुरिँदै गएको शनिबार बसेको पार्टी पदाधिकारीको बैठकको निष्कर्ष छ ।

प्रतिवेदन परिमार्जित गर्नेमा सहमति जुटेको संस्थापन पक्षले दाबी गरेको छ । उनीहरू गठबन्धन गर्ने वा नगर्ने भन्दा पनि बहुमत ल्याउने गरेर पार्टी अघि बढ्नु पर्नेमा एक ठाउँमा उभिएका छन् । आफ्नो एजेण्डालाई प्रतिष्ठाको विषय बनाएमा महामन्त्री थापा अहिले भने सभापति देउवा र पदाधिकारीको दवावमा परेर पछि हट्न बाध्य भएको बुझिन्छ ।

संस्थापन पक्षले प्रतिवेदन परिमार्जन गर्नेमा सहमति जुटेको दाबी गरे पनि गगन आफैले भने मुख खोलेका छैनन् । यता, अर्का महामन्त्री विश्वप्रकाशको एक्जिट पोलेसी भने अहिलेलाई थाती नै बस्ने भएको छ । पार्टी भित्रका नेताहरूका सांसददेखि मन्त्री हुँदै प्रधानमन्त्री र राष्ट्रपति बत्रे सबैको अवधि तोकेका विश्वप्रकाशको प्रतिवेदनलाई संविधानबाट नै सम्बोधन गर्नु पर्ने हुँदा यथावत् हुने भएको हो । त्यसैले महामन्त्रीहरूको ६ महिनादेखीको म्याराथोन अहिलेलाई क्विट भएको छ।

आफ्ना प्रतिवेदनलाई केन्द्रीय समितिबाट सम्बोधन गराउन बैठक सुरु भएदेखि नै अडान नछोडेका महामन्त्रीहरू अन्ततः देउवाका सामू निरीह देखिएकाछन् । परिणामतः महामन्त्रीहरू आफ्नै प्रतिवेदनबाट खुट्टा उचाल्न बाध्य बनेका छन् । तर, जानकारहरू भने महामन्त्रीरूले प्रतिवेदनको नाममा बार्गेनिङमात्रै गरेको तर्क गर्छन् । केन्द्रीय समितिको बैठकमा महामन्त्रीहरूको अड्चन मात्र उचित अफरका लागि भएको कांग्रेस निकट रहेकाहरूको तर्क छ ।

गोदावरीको महासमिति बैठकदेखि सुरु भएको दुई महामन्त्रीको सङ्घर्षले सभापतिसँगको युद्धमा पिठ्यु फर्काएर भाग्नु भन्दा अन्य विकल्प देखिएन । गठबन्धन भनेको नीति नभएर रणनीति भएको उल्लेख गर्दै आएका देउवा लगायतका संस्थापन पक्ष महामन्त्रीलाई व्याक गराउने आफ्नो रणनीतिमा सफल भएका छन् ।

चुनावमा गठबन्धन नगर्ने भन्दै ओलीसँग सहमति गरेर सत्ता पक्षमा पुगेका देउवा महामन्त्री थापाको गठबन्धन गर्न नहुने भत्रे अडानलाई भने स्वीकार्न सकेका छैनन् । पार्टीभित्र एउट र सत्ता गठबन्धनमा फरक बोली बोल्ने देउवा भने दोहोरो चरित्रमा देखिएकाछन् । उनले गठबन्धन मिलाउन र पार्टीका महामन्त्रीलाइ साइजमा ल्याउन अनेक तुरुप फालिरहेकाछन् ।