Uncategorized

माओवादी–रास्वपा सक्ने ओली देउवाको डिजाईन, ठूला दलनै ०८४ को किचलोमा


काठमाडौँ – गत आमनिर्वाचनमा राष्ट्रिय दल बत्र सफल भएका चार राजनीतिक दलहरूको मिसन नै ०८४ को चुनाव रहेको छ । त्यसैले सत्तासीन कांग्रेस, एमाले होस् वा प्रतिपक्षी कित्तामा रहेका नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी नै हुन्, सबै दल सङ्गठन सुधार गर्दै पार्टीलाई मजबुत बनाउँन केन्द्रीत भएका छन् ।

२०८४ साल आउन अझै तीन वर्ष बाँकी नै हुँदा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई पनि मिसन ०८४ को रन्कोले छोडेको छैन । सदन र सरकारको जिम्मेवारीमा नरहेका एमाले महासचिव शङ्कर पोखरेल सङ्गठन विस्तारमा जुटिरहेका छन् । सङ्गठन तिखार्न भ्याइनभ्याई अवस्थामा रहेका महासचिव पोखरेल अन्य पार्टीका असन्तुष्ट नेताहरूलाई एमालेमा प्रवेश गराई रहेका छन् ।

एमालेले नेकपा एकीकृत समाजवादीको अन्तरविरोधको फाइदा उठाउँदै काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपाने लगायतका नेता÷कार्यकर्तालाई पार्टीमा स्थान दिएको छ । ६६ जिल्लामा अधिवेशन गरिसकेको एमालेले अब ११ जिल्लामा अधिवेशन गर्ने तयारी गरिरहेको छ भने सदस्यता विस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउन तीव्रता दिएको छ ।

पार्टी प्रवेश र जिम्मेवारीविहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय एमालेले गरेको छ । कमिटीहरु विधिसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन गरेको पार्टीले हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्याङ्कनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरुवात गर्ने भएको छ ।

केन्द्रमा एउटा र प्रदेशहरूमा सात वटा स्थायी पार्टी स्कुलहरू सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गर्ने भएको छ । जनप्रतिनिधिलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने निर्णय सचिवालय बैठकले गर्दा त्यस्तै कम्युनिष्ट पार्टीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिरहेको छ । गठबन्धनबाट सत्ता सञ्चालन गरिरहेको एमाले आगामी निर्वाचनमा पहिलो दल बन्ने लक्ष्यका साथ मिसन ०८४ मा लागेको छ ।

यथास्थितिमा कांग्रेस चल्न नसक्ने निक्र्यौल गरेसँगै कांग्रेस तिखार्न पार्टीभित्रै ठूलो परिवार्तनको छनक दिने गरी गतिविधि भइरहेको छ । पार्टी सुदृढीकरणमा जोड दिँदैगर्दा जारी केन्द्रीय कार्य समितिको बैठकमात्रै दुई पटक गरिरहेको छ । त्यसैका लागि सभापति, उपसभापति र महामन्त्रीहरू दैनन्दिन छलफलमा छन् ।

ठूलै शुद्धीकरणको आशमा रहेको कांग्रेस यसैका लागि विगत लामो समयदेखि समितिको बैठकमा आजाव उठाइ रहेको छ । नीति, साङ्गठनिक र समसामयिक राजनीतिक सबै विषयमा पार्टीमा सुधार गर्न खोजेको कांग्रेस ‘एक्जिट पोलेसी’ र चुनावमा गठबन्धन गर्नेबाट हात झिक्न खोज्दै छ ।

यस्तै, सत्ता बहिर्गमनपछि पार्टीभित्र आन्तरिक मूल्याङ्कन थालेको माओवादी सङ्गठन निर्माणको तयारीका लागि श्रृङ्खलाबद्ध रुपमा लागेको छ । लगातार बैठकमा रहेको माओवादीले पदाधिकारी र स्थायी कमिटीको बैठक बसेसँगै पार्टीको आगामी रणनीति तय गरेको हो । पदाधिकारी र स्थायी कमिटीको बैठकमा पार्टी नेतृत्व र सङ्गठन विस्तारबारे घनिभूत छलफल गरेको माओवादी अब सत्तातिर भन्दा पनि जिल्ला र प्रदेश कमिटीलाई सक्रिय बनाउने प्रयासमा छ । जसअनुसार उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशबाट परामर्श लिएका प्रचण्डले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट पनि परामर्श लिने कार्यक्रम सम्पत्र गरिरहेको छ । सातै प्रदेशमा परामर्श समितिको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने तरखरमा रहेको माओवादीले आफ्नो २०६४ सालकै पुरानो विरासत फर्काउन कसरत गरिरहेको छ ।

यता, कारबाहीमा परेका महामन्त्री मुकुल ढकालले पार्टीमा भाडभैलो गरेपछि मुर्झाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि राष्ट्रिय भेलाबाट जुर्मुराउने तरखरमा छ । सुरुदेखि नै मिसन ०८४ को गीत गाएको रास्वपाले आगामी असोज १ र २ मा काठमाडौंमा राष्ट्रिय भेला गर्दै छ । राष्ट्रिय भेलाभन्दा अगाडि सभापति रवि लामिछानेकै उपस्थितिमा भदौभित्र सात वटै प्रदेशमा संक्षिप्त प्रशिक्षण गर्ने, राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य (मान्यता र उम्मेदवार क्लवरलिडरसिप एकेडेमी) मा छलफल गर्न रास्वपा जुटेको छ । रास्वपा १५ वटा उपसमिति नै बनाएर अघि बढेको छ ।

राष्ट्रिय दलको हैसियत जोगाउँदै सबै राजनीतिक दलहरू आगामी निर्वाचनमा पहिलो दल बनेर आफ्नै नेतृत्वको सरकार बनाउन चाहन्छन् । जसका लागि अहिलेदेखि नै तयारी तीव्र पारिहेका छन् । चुनाव आउन अझै चोखो तीन वर्ष बाँकी नै हुँदा दलहरू मिसन ०८४ मा लाग्नुलाई ‘बच्चा पाउनु कहिले कहिले, भोटो सिउनु अहिले’ भने झै भइरहेको छ ।