काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताले भने,‘गगनको प्रतिवेदनलाई केही परिमार्जनसहित अन्तिम रुप दिएर पेश गर्ने निर्णय भएको छ ।’ उनका अनुसार अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन अहिलेलाई यथावत राखिने भएको छ। उनले भने,‘ विश्वप्रकाशको प्रतिवेदनमा संविधान संशोधन सम्बन्धित कुरा भएकालेसँग संविधान संसधोनको कुरा उठेको बेला छलफल गरिने छ । गगनको प्रतिवेदनमा भोलि एक बजे पदाधिकारीहरुको बैठकले अन्तिम रुप दिनेछ ।’
प्रतिक्रिया