नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
पेरिसस्थित ग्रान्ड पेलेसमा भएको के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोरालेसलाई ३१–० ले सहजै हराइन् । सुरुवात देखि खेलमा दबा बनाउँदै अंक जोडेकी पलाशले प्वाइन्ट ग्यापमा खेल जितेकी हुन् ।
पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछिन् । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् ।यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिकमा पुगेकी हुन् ।
प्रतिक्रिया