काठमाडौँ— अमेरिका जस्तो देशमै दुई नेपाली चेलीको हत्यापछि अहिले प्रवासीका विभिन्न समस्याबारे बहस सहतमा छ । शव ल्याउनेदेखि उनीहरुको आश्रयमा रहेकाहरुको हेरचारको विषय बढीबहसमा रहँदा यसले विदेशी नेपालीको फरक पाटोसमेत उजागर गरेको छ । जहाँ सरकारको उपस्थितिबारेसमेत प्रश्न बलियो भएको छ ।
जीवनको एकमात्र साहारा छोरी मुना पाण्डेकोसातसमुन्द्र पारी अमेरिकामाहत्याभएपछि आमा अनिता पाण्डे अधिकारीलाई आकाशले थिचेको छ । एउटी आमाका रुपमा दुःखजिलो गरेर हुर्काएर, पढाएर छोरीलाई राम्रो देश पठाएकी उनकालागि अहिले त्यो अभिसाप बनेको छ । र, अब गुमाउन केही बाँकी छैन । तर नेपालमा रहेकी उनी न त अमेरिका जान सक्छिन्न नेपालबाटै केही गर्न सक्ने अवस्था छ । अहिले छोरीका लागि न्याय खोजीरहेकी उनलाई अमेरिकास्थित नेपाली समुदायमार्फत दबाबबढाउनुको विकल्प छैन । हुन त हत्यारालाई प्रहरीले पक्राउ गरिसकेको छ तर अब के हुने हो ? दाहसंस्कार कसरी गर्ने हो अनिता अलमलमा छिन् । अस्पतालले शव नेपाल लैजान वा अमेरिकामै दाहसंस्कार गर्न दुईवटै विकल्प रहेको बताएको छ । तर उनीहरुले दुई तीन हप्तासम्म मात्रै अस्पतालमा शव राख्न सकिने बाध्यता सुनाउँदासरकारी निकायबाट केही पनि कुरा भएको छैन । अर्थात प्रक्रियाका कारण अनिता छिट्टै अमेरिका जानसक्न्ने अवस्था छैन । जसले गर्दा अहिले उनकी छोरीको शव अमेरिकामाबेवारिसे बनिरहेको छ ।
छोरीको हत्या गरेर ज्वाई पक्राउ परेपछि ममता काफ्लेकी आमा पनि अमेरिका गएर नातिनीलाई नेपाल ल्याउन चाहन्थिन् ।उतै पुगेर पहल गर्दा छोरीले न्याय पाउने कुरामा केही तलमाथि हुने थिएन कि भन्ने आशामा पनि उनले बल्लतल्ल त्यो अवसर पाइन् । अमेरिकी अध्यागमन वकिलका अनुसार ममताकीछोरीसँग परिवारको भेटघाट गराइएको छ। तर छोरीको नासोका रुपमा नातिनी स्याहार्ने उनको काम अब त्यति सहज छैन । किनभने एक वर्षीया नातिनीलाई प्रहरीले सरकारी हेरचाहकर्ताको जिम्मा लगाइसकेको छ भने उनी अमेरिकी नागरिकसमेत हुन् । उनी अमेरिकामै जन्मिएकाले उनको हेरचाह गर्ने अभिभावक नहुँदा सम्पूर्ण जिम्मेवारी सरकारले लिने छ । यसको अर्को पाटो नेपाली समुदायको साथ र दबाब कमजोर भएको थियो भने न त ममताको खोजी प्रहरीले नै गथ्र्यो न त आमा माया काफ्ले अमेरिका जाने स्थिति नै बन्ने थियो ।
यी त प्रवासमा भएका घटनामा परिवारले भोग्नुपर्ने दुखान्त प्रतिनिधि घटनामात्रै हो । जहाँ हरेक कोणबाट सुरक्षित हुने विश्वासकै कारण आफ्ना छोराछोरीलाई अमेरिका पठाएका आमाबुबाले भोग्ने पीडाको कल्पना पनि गर्न सकिँदैन । त्यसमाथि त्यति दवाव र पहलकदमीकाबीच पनि घटना साम्य हुनेबेलामात्रै बोल्ने नेपाली राजदूतावासको व्यवहारले पीडितको घाउमा नुनचुक छर्ने काम गरकोे छ । जसले रोजगारीका लागि खाडी मुलुक गएर ज्यान गुमाएकाहरुको अवस्था के होला भन्ने प्रश्नसमेत उठाएको छ । जुन प्रवासमा रहेकाहरुको साझासमस्या यसले‘मरे,परे भोग्ने’कानुनी उपचारको अभावको विषय मात्रै उजागर गरेको छैन बरु न्यायका लागि लड्नुपर्ने बेला नै आफन्तले भोग्नुपर्ने अन्य झेमलासमेत छर्लङ भएको छ ।
प्रवासका पीडाका बीच पनि दैनिक १५ सयदेखि २ हजार नेपाली नागरिक शिक्षा र रोजगारीका लागि विदेसिने गरेका छन् । यो बाध्यता आउनुको पछाडि देशमा बढ्दो बेरोजगारी र यहाँको अस्तव्यस्त व्यवस्था नै हो । यसको प्रमुख जिम्मेवार राजनीतिक दलका शीर्ष नेतृत्व नै हो । सरकार न त देशमा बस्ने वातावरण बनाउँछ, नत विदेसिएका नेपाली नागरिकको पीडा र समस्यामा आफ्नो उपस्थिति नै देखाउन सक्छ । बरु परिवार हुँदाहुँदैपनिबेवारिसे हुनुपर्ने उनीहरुको अवस्था रहँदा वैदेशिक रोजगारीबाट फर्कने करिब ३० प्रतिशत नेपालीमा मिर्गौलाको समस्या देखिने गरेको तथ्य अहिले बाहिरिएको छ । यसले काम गर्न गएका हुन् या पढ्न जानेहुन्, बाकसमा फर्किने हो या सकुशल भन्ने टुङ्गो नहुँदा लाशसमेत परिवारले नपाउने दर्दनाक अवस्थाबारे बहस गर्न ढिला भइसकेको छ ।
प्रतिक्रिया