Breaking

एकीकृत समाजवादी : रामकुमारी झाँक्रीसँगको प्रतिष्पर्धामा विजयी जयन्ती राईलाई लोकप्रिय मत


महाधिवेशन सकिएको डेढ महिनापछि एकीकृत समाजवादीले निर्वाचनबाट पदाधिकारी चयन गरेको छ ।

चर्चित युवा नेत्रृ रामकुमारी झाँक्री भारी मतान्तरले पराजित हुनुभएको छ । महिला उपाध्यक्षमा १९९ मत ल्याएर जयन्ती राई विजयी हुँदा झाँक्रीले १ सय १२ मत मात्रै प्राप्त गर्नुभएको छ । मधेसी समुदायबाट उपाध्यक्षमा धर्मनाथ साह र खुलाबाट उपाध्यक्षमा गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ ।

उपमहासचिवमा मेटमणि चौधरी, राजेन्द्र राई, गरिमा शाह र रामकुमार भट्टराई निर्वाचित हुनुभएको छ । यस्तै, सचिवमा शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, चन्द्रबहादुर शाही, सावित्रा भूसाल, श्रीनाथ बराल, बलदेव चौधरी र गणेश विश्वकर्मा निर्वाचित हुनुभएको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत निर्वाचित हुनुभएको थियो । गत असार १६ देखि २१ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको १०औँं महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।