Breaking

पुराना दलकै बाटोमा रास्वपा, मुकुललाई घण्टी घरमा निषेध


राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेलेका डा.मुकुल ढकाल र पार्टीका सभापति रवि लामिछानेबीचकोविवाद र आरोपप्रत्यारोपले सिंगो पार्टी संगठननै बद्नाम हुँदै गएको छ । ढकालले समीक्षा यात्राको प्रतिवेदन ल्याएसँगै सो विषय विवादमा जोडिएको थियो ।

रास्वपाले ढकाललाई साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक स्पष्टीकरण सोधे पनि चित्त बुझ्दो जवाफ नआएपछि आज बसेको केन्द्रीय समिति बैठकले उनलाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ । योसँगै रास्वपामा भावी महामन्त्री र मुकुलको भविष्यलाई लिएर जिज्ञासा उब्जिएको छ ।

कुनै पनि कार्य दही खाएर सुभारम्भ गर्दा शुभ र सफल हुने मान्यता नेपाली समाजमा स्थापितछ । तर रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाललाई भने त्यही दही खाएर सुरु गरेको समीक्षा यात्रा अभिषाप बनेको छ । गतजेठ ६ मा पार्टी सभापति रवि लामिछानेको हातबाट दही खाएर ३८ जिल्लाको समीक्षा यात्रामा निस्किएका रास्वपाका पूर्वमहामन्त्री ढकाल सोही यात्राको प्रतिवेदनका कारण अहिले पार्टीबाट गलहत्याइएका छन् । यसअघि महामन्त्रीको जिम्मेवारीबाट हटाइएका ढकाललाईमंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकलेसाधारण सदस्यबाट समेत हटाएको हो ।

रास्वपाबाट निस्कासित पूर्वमहामन्त्रीढकालले भने यो कारबाहीसभापति रविको क्लबको भएको भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । उनले आफू रास्वपा पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट मात्र निकालिएको दाबी गरेका हुन् ।ढकालले यसअघि पनि महामन्त्रीको जिम्मेवारीबाट हटाइँदाआफूमाथि भएको कारबाहीलाई रबिको क्लबले गरेको भन्दै अस्वीकार गरेका थिए ।

रास्वपाभित्र चर्किएको आन्तरिक विवादलेसंस्थापक महामन्त्री ढकाललाई पार्टीबाट निष्कासन गर्ने अवस्थासम्म आइपुगेको छ । पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै असार १९ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्री तथा प्रवक्ताबाट ७ दिनका लागि ढकाललाई निलम्बित गरेको थियो । यसपछि असार २५ मा केन्द्रीय समितिको अर्को बैठकले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्नसमेतढकालले निर्वाचन आयोगसँग आग्रह गरेका छन् । ढकालले दिएको निवेदनमा निर्वाचन आयोगले भने हालसम्म कुनै निर्णयलिइसकेको छैन ।

वैकल्पिक शक्ति भन्दै निलो झण्डा फरहराउँदै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाकालकै वर्ष दिनमा विभिन्न काण्ड र आन्तरिक विवादको दलदलमा चुर्लुम्म डुबेको छ ।रास्वपाको मुख्य कोर टिमभित्रका एकमा पर्ने ढकालको पार्टी स्थापनामा सुरुदेखि नामकरण र विधान निर्माणसम्मै महत्वपूर्ण योगदान रहेको थियो । तर पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका उनै ढकाल र सभापति लामिछानेबीच पार्टी स्थापनाको छोटो समयमै आन्तरिक विवाद चर्किदा सिंगो पार्टी र संगठनलाई कमजोर बनाएको छ ।

सभापति लामिछानेसँग बढेको दूरी र तिक्ततापूर्ण सम्बन्धले साधारण सदस्यसमेत नरहेने गरी पार्टीबाट निष्कासित भएका ढकालले विषवमन गर्दै आइरहेका छन् । विभिन्न अभियोग र प्रश्नहरुको घेरामा परेका सभापति लामिछानेले आफ्नै विश्वास पात्र ढकालले उठाएका प्रश्न र आरोपहरुको सामना गर्नु परिरहेको छ ।

वैकल्पिकर युवाले नेतृत्व गरेको भनिएको पार्टीको परिपाटी पनि पुरानै दलभन्दा फरक नदेखिँदा यो पनि नयाँ बोतलमा पुरानै रक्सी भने जस्तो भएको छ ।अझ त्यसमा रास्वपाको मेरुदण्ड सभापतिनै विभिन्न काण्ड र विवादमा मुछिँदा पार्टीप्रतिको जनआस्था, विश्वास र भरोसामा समेत ठेस लाग्ने अवस्था बनेको छ । जसले रास्वपामाथि भरोसा गरेका नागरिकमा निराशा पैदा गरेको छ । छोटो समयमै जनताको विश्वास जित्दै राष्ट्रिय पार्टी बनेको रास्वपा जुन रुपमा उदायो, त्यसै अनुरुप जनतामा उत्साह भने कायम राख्न चुक्दै गएको छ । केही महिनाअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो काण्डले गण्डकी प्रदेशका तत्कालीन सभापति तथा प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पनि साधारण सदस्य नरहने गरी निष्कासन गरिएको थियो ।

यस्तै पार्टी एकतासहितको उद्देश्य लिएर रास्वपासँग चुनावी सहकार्य गरेका पूर्वडीआईजी रमेश खरेल पनि पार्टी एकीकरण नहुँदै अलग्गिएका थिए । यस्तै, प्रदेशहरुमा पनि पदाधिकारी हेरफेर गर्दै जिम्मेवारीमा रहेकाहरुलाई पदच्युतगर्ने काम भएको थियो । पार्टी संगठनलाई मजबुत बनाउने भन्दै स्थानीय तहमा छायाँ सरकार बनाउनेसम्मको योजनामा अगाडि बढे पनि केन्द्रमा देखिएको विवादले भने रास्वपालाई ओरालो यात्रामा धकेल्दै लगेको छ । नयाँ र वैकल्पिक शक्तिको रुपमा उदाएको नयाँ दलमै यति छोटो अवधिमा चर्को आन्तरिक विवाद र संघर्ष चल्नुले पुराना पार्टीभन्दा फरक नरहेको भाष्य निर्माणमा झनै बल पुगेको छ ।