Breaking

ओली–देउवा जनताको निसानामा, बंगलादेश बन्ने खतरा


काठमाडौँ – सुशासन,आमनागरिकमा आशा जगाउने तथा लोकतान्त्रिक पद्धतीमाथिको प्रश्न कम गराउने दाबीसहित बनेको सरकार नै अहिले सफल हुन सकेको छैन । अंकगणितीय दृष्टिले दुईतिहाई बहुमत भएपनि सरकारमाथिको प्रश्नहरु उस्तै छन् । सडकमा असन्तुष्ट आवाज उत्तिकै सुनिँदा नेताहरुमाथिसार्वजनिक कार्यक्रममै प्रश्न उठ्न थालेको हो ।

सोमबार गौरा पर्वको अवसरमाकाठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो । गौरा पर्वको कार्यक्रममा सहभागी एक समूहले ओली र देउवाविरुद्ध चर्को नाराबाजी गरेका उनीहरुले ओलीलगायतको कारणले देशले दुःख पाएको आरोप लगाए । अवस्था कस्तोसम्म बन्यो भने सत्तामा हुँदासमेत आशा जगाउन नसकेको यो उदाहरणबीच ओली र देउवाले सभ्यता सिकाउन भ्याए ।

बारम्बार सत्तामा पुगेर माखो नमारेको बिर्सिका उनीहरुले आफैँ सत्तामा रहेको स्मरण गर्न सकेनन् । उनीहरुले दुई तिहाई अंकगणितसहित सत्तामा जानु नागरिकमा देखिएको निराशा चिर्नु,लोकतान्त्रिक पद्धतीमाथिका अविश्वास रोक्नु भएको आफ्नै दाबीमाथिको प्रश्न भएको बुझेनन् । बरु कांग्रेस सभापति देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरे । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँबासीले ठिक पार्नुपर्ने बताए ।

कार्यक्रममा ओली केहि संयमित सुनिएपनि देउवा भने आक्रोशित बने ।उनीहरुको योगदान पनि थाहा नपाएको र आशा पनि नदेखेको पुस्तामा बढ्दै गएको निराशा ज्योतिषले भनेको संख्या पुर्याउने बाटोमा रहेका उनले बुझ्ने कुरासमेत थिएन । अझ रोचक त उनीहरुमाथिको यो नाराबाजीको पक्षमै सामाजिक सन्जाल उर्लिएको छ । यसले बंगलादेशको संकेत गर्न थालेको भन्दै बहसशुरु हुदाँ नेताहरुमाथिको आक्रोश रोकिने नभई अझ बढ्ने संकेत गरेको छ । यो त प्रतिनिधि घटना मात्रै हो ।केहि समयदेखि निरन्तर सडकमै पनि प्रदर्शन भइरहेका छन् ।

स–साना समूहमा देखिएको तथा नेतृत्वविहीन देखिएको यस्ता प्रदर्शनले सरकारको विश्वनियतामाथि प्रश्न गरिरहेको छ । जसलाई कतिपयले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण केहि कम भएको निराशा यहि पार्टी पनि प्रश्नको घेरामा परेपछि विकास हुँदै गएको आक्रोशको अवस्थाकै रुपमा हेरेका छन् । जुन भुसको आगो जसरी बढ्दै गएको तथा विपक्षी दल नै सडकमा नपुग्दै नागरिकस्तरमा उठेको प्रश्न खतरननक हुनसक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । यता नेपाली कांग्रेसका उपसभापतिधनराज गुरुङ नै यो सरकारले पनि काम गर्न नसके अनपेक्षित अवस्था आउने स्वीकार्छन् । अर्थात ओली देउवाले नै सम्हाल्न नसके देश दुर्घटनामा पर्ने उनको तर्क छ ।

हुन त अहिले आन्दोलनको मानसिकता बढ्दो छ । पुराना नेता र दलहरुयसैपनि प्रश्नका घेरामा पर्दा आफैँ भिडे सकिने डरले नै ओली देउवा एक ठाँउमा उभिएको आक्षेप लाग्दै आएको छ । त्यसमा परीक्षण भएकैबाट ज्यादा आशा नदेखिँदानागरिकमा देखिएको विकल्पहिनताविद्रोहतर्फ अघि बढ्ने खतरा रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । तर वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल (आहुति)भने यो आवश्यक नै रहेको तर्क गर्छन् । सिङगो समाज आधारभूत रुपमा निराश नहुने तर्क गर्ने उनी अहिले देखिएको निराशा नभई आक्रोश भएको दाबी गर्छन् ।

हुन त नागरिको प्रहार नभेट्ने शीर्ष नेता नै कम छन् । ओली हुन कि पुष्पकमल दाहाल प्रचण्ड कुनै न कुनै समय आक्रमणमा परेकै नेता हुन् । आफैँले आफ्नो नेतृत्वकर्ता छान्ने पद्धती भएको वर्तमान अवस्थामा यो गलत भएपनि यसको कारण खोज्न नेताहरु लागि पदैनन् ।

बरु कुनै फण्डा,कुनै अराजक तत्वले यस्तो गर्ने गरेको भन्दै बदमासको संज्ञा दिने उनीहरु यस्तैको पक्षमा किन माहोल बढिरहेको छ, अध्ययन नै गरेका छैनन् । जसको एकशब्दको उत्तर नागरिकमा बढ्दो निराशा भएपनि दुई चोटी दुईतिहाईको सरकार चलाएका ओलीसमेतआफू आशा जगाउन सफल नभएको स्वीकार्न तयार देखिँदैनन् । यसले नेता र सरकारमाथिको प्रश्न अझ बलियो बनाउँदै छ ।