काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसदको विशेष समयमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, संक्रमणकालीन न्याय र समसामयिक विषयमा धारणा राख्ने बताइएको छ ।
आजको बैठकमा सांसदको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ ।
बैठकको शुरुमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी गराउने कार्यसूचीसमेतरहेको छ।
अर्थमन्त्री विष्णुपौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।


प्रतिक्रिया