राजनीति

महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न देउवाले बोलाए शीर्ष नेताको बैठक


काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीहरूको प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बूढानीलकण्ठमा केहीबेरमा बस्न लागेको बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू थापा र शर्मा सहभागी हुनेछन् ।

जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेन्डाहरू माथि छलफल भइरहेको छ ।

बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटक भन्दा हुन नपाउने प्रस्ताव छ ।

२३ साउनदेखि बसिरहेको केन्द्रीय समिति बैठक बुधबार सकिंदैछ । बैठकमा सभापति, उपसभापति र महामन्त्री गरी पाँच जना बोल्न बाँकी छन् ।